२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्टार्कटिकामा तरबुजा फलाउन रूसी वैज्ञानिकहरु सफल



अ+ अ-

रुस। रूसी अनुसन्धान कर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा आठ वटा तरबुजा फलाउन सफल भएका छन् ।

उनीहरुले तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ ।

तरबुजाको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरुले बताएका छन् । अन्वेषकहरूका अनुसार भोस्टोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरु उब्जाउने अपेक्षा राखेको छ । वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् ।

रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् ।