२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचनः खिमलाललाई मत दिन माओवादीले जारी गर्‍यो ह्वीप



अ+ अ-

काठमाडौं । वागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले डा. खिमलाल देवकोटालाई मतदान गर्न ह्वीप जारी गरेको छ ।

सोमबार माओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि सारिएका देवकोटालाई मतदान गर्न ह्वीप जारी गरेका हुन् । 

विज्ञप्तीमा भनिएको छ,
बागमती प्रदेशबाट राष्ट्रिय सभाका लागि प्रतिनिधित्व गर्ने सदस्य रामबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधित्व गर्ने गरी विगतमा निर्वाचित भएको कुरा अवगत नै छ । यस विचमा निज राम बहादुर थापाले पार्टीको नीति, विधि र अनुशासन नमानि प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेकाले पार्टीले राष्ट्रिय सभा सदस्यबाट कारवाही गरेकोले उक्त स्थान खाली हुन गयो ।

उक्त खाली स्थानमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस लगायतका अन्य पार्टीहरुको समर्थन र सहयोगमा साझा उम्मेद्वारको रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनु भएको छ । संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई  नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रिय सभामा यस विषयका विज्ञ ज्ञाता र सक्षम  व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउनु हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ । त्यसैले बागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख अध्यक्ष र उप प्रमुख उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।