२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमण घट्न सकेन



अ+ अ-

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनोतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताउनुभयो ।

उहाँले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गर्नु भयो ।  उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाउनुभयो  । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्नु भएको छ । उहाँले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताउनुभयो । 

जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उहाँले जारी गर्नु भएको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने बताउनुभयो । 

मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ  । आजमात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७  निको भइ घर फर्किएका छन् । रासस