• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक

एशियन रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने



काठमाडौँ । नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ ।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एशिया यु–२० महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता हुने भएसँगै नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियाली प्रतिष्पर्धा हुन लागेको हो ।

गत वर्ष भने नेपालले एशिया यु–१८ महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता आयोजना गरेको थियो । पछिल्लो समय विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेसँगै नेपालले यु–२० को प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिता आगामी भदौ २ र ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल रग्बी संघले जनाएको छ । एशियन यु–२० रग्बी सेभेन्स प्रतियोगितामा भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ, उज्वेकिस्तान र नेपाल गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् ।

यद्यपि, पुरुषतर्फ सात राष्ट्रको चुनौती रहँदा महिलामा भने तीन राष्ट्र आयोजक नेपाल, थाइल्याण्ड र मलेसियाको मात्र सहभागिता रहनेछ नेपाल रग्बी संघले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि करिव ७२ लाख रुपैया खर्च हुने संघको अनुमान छ । प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछ । एशिया रग्बीको सदस्यता प्राप्त गरेका ३५ राष्ट्रका रग्बी संघहरुले यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्नेछन् । प्रतियोगिताका लागि नेपाली यु–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको छ ।

श्रीलंकन प्रशिक्षक सेन वेजेसिंघेले गत असार १५ गतेबाट दिइरहेको उक्त प्रशिक्षण निकै प्रभावकारी रहेकाले टोलीले राम्रो नतिजा ल्याउने विश्वस्त रहेको नेपाल रग्बी संघले बताएको छ । हाल महिला र पुरुषतर्फ समान २० खेलाडी पोखरामा हाई पर्पmमेन्स प्रशिक्षणमा छन् । उनीहरूमध्ये अन्तिम १५ टोलीले आगामी प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछ ।