२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना



अ+ अ-

सिमकोट । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । 

खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो । 

हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघार जना सङ्क्रमण मुक्त भइसकेका छन् । हालसम्म ताँजाकोटमा ९८ जनामा परीक्षण गर्दा २९ मा सङ्क्रमण पुष्टि भएको छ । अदानचुलीमा २० जनामा परीक्षण गर्दा सात, सर्केगाड गाउँपालिकामा ७४ मा ११ तथा चङ्खेली गाउँपालिकामा सोमबार मात्रै ४४ जनामा परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । यस्तै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा गरिएको परीक्षणमा हालसम्म २० जनामा सङ्क्रमण देखिएको थियो । 

जिल्लाका स्थानीय तहले आफ्ना मातहतका गाउँमा बिरामी सङ्ख्या बढेपछि आफ्नै खर्चमा एन्टिजेन किट खरिद गरी कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन् । जिल्लामा पहिलो पटक नेपालगञ्ज र सुर्खेतबाट आएका आठ यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसयता दैनिकरूपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गरिरहेको र सङ्क्रमित फेला पर्ने क्रम बढिरहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।