काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।
बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने बताईएको छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११ (एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण गरिने सुबिसु केबलनेट प्रा.लि.ले जनाएको छ ।
ग्राहकवर्गहरुले आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गरि उक्त फिल्म हेर्नका सक्ने पनि सुबिसु केबलनेट प्रा.लि.ले जानकारी दिएको छ । साथै फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन http://www.cleartv.com.np/mod मा हेर्न सकिने पनि बताईएको छ ।











