२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक घटनामा वृद्धि, सबैभन्दा बढी उपत्यकामा



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।

गएको आर्थिक वर्ष २०७९/८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामध्ये ३३ हजार ६३ वटा घटनाको फस्र्यौट भएको छ भने २३ हजार बढी मुद्दा फस्र्यौट हुन बाँकी छ । त्यसको अघिल्लो आव २०७८/७९ मा भने ४६ हजार नौ सय दुई वटा घटना दर्ता भएका थिए ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले घटना उजुरी दर्ताका हिसाबले अघिल्लो आवभन्दा गएको आवमा बढेको बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १६ हजार बढी घटना दर्ता भएको छ । त्यसपछि मधेस प्रदशेमा नौ हजार बढी र कोशी प्रदेशमा आठ हजार बढी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार सिआइबीमा ४३, काठमाडौँ उपत्यकामा १६ हजार छ सय २७, कोशी प्रदेशमा आठ हजार सात सय २०, मधेस प्रदेशमा नौ हजार आठ सय ४४, बागमती प्रदेशमा चार हजार छ सय ७९, गण्डकी प्रदेशमा चार हजार एक सय ७७, लुम्बिनी प्रदेशमा छ हजार नौ सय ९७, कर्णाली प्रदेशमा एक हजार सात सय २९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय तीन उजुरी दर्ता भएको छ ।

प्रवक्ता कडायतले भन्नुभयो, “अन्य घटना खास त्यसरी बढेका छैनन्, जघन्य अपराध पनि बढेको छैन, त्यही बैंकिङ कसुर, साइबरजन्य अपराध भने बढेको छ ।” पैसा नभएको बैंकका चेक दिएको उजुरी परेको सङ्ख्या ह्वात्तै बढेको उहाँले बताउनुभयो ।

प्रहरीको विवरणअनुसार बैंकिङ कसुरका मात्रै १२ हजार एक सय ३५ घटना दर्ता भएको छ । यस्तै ज्यानसम्बन्धीका कसुर नै आठ हजार बढीको भएको छ । झन्डै सात हजार आत्महत्याका घटना भएका छन् । चोरीसम्बन्धी घटना नै तीन हजार छ सयभन्दा बढी भएको छ भने छ हजार बढी सङ्गठित तथा आर्थिक अपराधका छन् ।

त्यसैगरी ११ हजार बढी सामाजिक अपराधका घटना भएको छ । महिला तथा बालबालिकासम्बन्धी चार हजार बढी अपराध भएको तथा सवारीसम्बन्धी दुई हजार घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ । रासस