२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

एमाले नेता सतमान पुनको कोरोनाबाट निधन

एमाले नेता सतमान पुनको कोरोनाबाट निधन
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सतमान पुनमगरको कोरोना संक्रमणबाट निधन भएको छ । ६० वर्षीय पुनको मंगलबार बिहान बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत मृत्यु भएको हो । 

उनलाई केही दिनअघि कोरोना पुष्टि भएसंगै श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएकोमा अवस्था जटिल भएको भन्दै त्यहाँबाट कोहलपुर पठाइएको एमाले लुम्बिनी प्रदेशका सचिव खेममान खड्काले जानकारी दिए । 

हाल रुकुम पूर्वको भूमि, व्यवस्था तथा सुकुम्बासी आयोगका अध्यक्ष रहेका उनी २०४९ देखि २०५४ सालसम्म जिल्ला विकास समिति रुकुमका सदस्य थिए ।उनलाई जेठ १ गते हेलिकप्टरबाट कोहलपुर लगिएको हो । पुन पुथाउत्तरगंगा गाउँपालिका–१० का स्थायी बासिन्दा हुन् ।

यस्तै डा. मुकेश चौधरीको पनि कोरोना भाइरसकै संक्रमणबाट निधन भएको छ । लहानका हाड नसाका ३५ वर्षीय डा. चौधरीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै क्रममा आज विहान निधन भएको हो ।

डा. चौधरी लहान डाइग्नोस्टिक सेन्टरको प्रोप्राइटर थिए । कोरोना महामारीमा पनि उनी विरामीको उपचार गर्दै आएका कारण संक्रमित बनेको थियो ।

उनको निधनले लहानका धेरै मानिसले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् ।