बारा। बारामा दुई जना दाजुभाइको घाँटी रेटेर हत्या भएको छ । मंगलबार बिहान स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारी घाँटी रेटिएको अवस्थामा शव फेला परेको हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार उनिहरुको कलैया उपमहानगरपालिका(७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा शव भेटिएको बताए ।
दुवैजना दाजु भाइ सोमबार बेलुका ७ बजे घरबाट सँगै निस्किएको प्रहरी जनाएको छ । बिहान दुवैजना दाजु भाइको घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीले अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले बताए ।











