२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको जीप दुर्घटना, दुईको मृत्यु



अ+ अ-

दैलेख । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार जीपमा दुईजना मात्र सवार रहेका थिए । निषेधाज्ञाको बेला सो जीप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताउनुभयो ।