२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

कोभिड संक्रमणको उच्च जोखिम भएका काठमाडौंका विभिन्न ठाउँहरुमा आजदेखि एन्टिजेन्ट परीक्षण शुरु

कोभिड संक्रमणको उच्च जोखिम भएका काठमाडौंका विभिन्न ठाउँहरुमा आजदेखि एन्टिजेन्ट परीक्षण शुरु
अ अ+ अ-

काठमाडौं । कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण शुरु भएको छ । काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात कालिमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो । 

परीक्षणका लागि तरकारी बजारमा विहान खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो । ‘स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरु पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरुमा गएर वृहत परीक्षण हुनेछ ।’ महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल भन्नुहुन्छ, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउनका लागि यो उपयुक्त विधि हो ।’

‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा बस्न भनेका छौँ ।’ परीक्षणका लागि कालिमाटीमा भेटिनु भएका महाशाखाका ल्याब टेक्निसियन निरीक्षक भोला अधिकारीले भन्नुभयो, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’ 

उहाँहरुकाअनुसार कसैको सरीरमा कोभिडका भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । यसअघि (लक्षण देखिनु अघि) कसैसँग कोधिड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ । पहिलो चरणमा करीव १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरेर भोलि बडा ३२ को तरकारी बजारमा परीक्षण हुनेछ । 

तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखेका छौँ । महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओली भन्नुहुन्छ, ‘तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ ।’ परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।