• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपनली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ ।

बुधवार छापावाल सुन तोलामा छ सयले घटेर एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।