![](https://newspolar.com/wp-content/uploads/2022/03/Today_Gold_lm98WOBpXh.jpg)
काठमाडौं । नेपनली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ ।
बुधवार छापावाल सुन तोलामा छ सयले घटेर एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।