२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय



file photo
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी गरेको सचिव गणेश शाहले जानकारी दिए ।

आजबाट सुरु हुने पाँच दिने केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिसम्बन्धी विधान संशोधन प्रस्ताव पेश हुँदै छ ।उक्त विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बताईएको छ

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।