२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट २४ वर्षे जुम्ल्याहा दाजुभाइको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको मिरुतमा कोरोना संक्रमणका कारण २४ वर्षे जुम्ल्याहा दाजुभाइको मृत्यु भएको छ। जोएफ्रेड भार्घेसी ग्रेगोरी र रालफ्रेड भार्घेसी ग्रेगोरीको एक दिनको अन्तरमा ज्यान गएको हो।

उनीहरुले मे १३ र १४ तारिखमा ज्यान गुमाएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार सामान्य ज्वरो आएपछि चिकित्सकले अस्पताल भर्ना गरिनुपर्ने सुझाव दिएका थिए।

मे १ तारिखमा भएको परीक्षणमा दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको केही दिनमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि चिकित्सकले उनीहरुलाई नर्मल आइसीयूमा राखेर उपचार गर्ने तयारी गरिरहेका थिए।

‘जन्मेदेखि नै एउटालाई जे हुन्थ्यो अर्कोलाई पनि त्यो भएरै छाड्थ्यो’, जुम्ल्याहा छोराका पिता ग्रेगोरी रेमण्ड राफायलले भने,’जोएफ्रेडको मृत्युपछि मैले श्रीमतीलाई रालफ्रेड पनि घर फर्कदैनन् भनेको थिएँ।’

राफायलका जुम्ल्याहा छोरामाथि एक छोरा छन्। जुम्ल्याहा दाजुभाइ विदेश गएर परिवारको आर्थिक अवस्था सुधार गर्ने तयारीमा थिए।