२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँ पसेको हात्ती खेदाउँदा एकको मृत्यु



अ+ अ-

दमक । झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति करीब १२ः३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जङ्गली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो । घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा गए राति २ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयबासी र प्रहरीले सोही जङ्गलतर्फ लखेटेका छन् ।