२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परेका व्यक्तिलाई हतकडीसहित भगाएपछि बारामा स्थानीय र प्रहरीबीच भिडन्त



अ+ अ-

सिमरा । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त दोहोरो भिडन्त भएको छ । हतियारसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन करिब तीन सयको सङ्ख्यामा आएका स्थानीय र प्रहरी बीच भिडन्त दोहोरो भिडन्त भएको हो ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार रहेको आशकामा छापा मारी लामालाई पक्राउ गरेको थियो । सोहि क्रममा स्थानीयहरुले प्रहरी टोलीमाथि ढुङ्गा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन भएका हुन्।

दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । भिडन्तमा प्रहरीले पाँच राउन्ड हवाई फायर समेत गरेको छ ।

प्रहरीले छापा मारी लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको छ ।वन्यजन्तुको सिकारीमा संलग्न रहेका लामाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।