२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सुपरमुन देखिँदै



अ+ अ-

वासिङ्टन । अगस्ट १ अर्थात आज तपाईंले आकाशमा धेरै ठूलो चन्द्रमा देख्नुहुनेछ। यो देखेर अचम्म नमान्नुहोस् किनभने यो सुपरमुन हुनेछ। यसमा, चन्द्रमा सामान्यतया ठूलो र उज्यालो देखिन्छ। जब चन्द्रमा पृथ्वीको परिक्रमा गर्दा धेरै नजिक आउँछ तब सुपरमुन हुन्छ र यस समयमा पूर्णिमा पनि हुन्छ। तर अगस्ट सुपरमुनका हिसाबले निकै विशेष छ, किनकि यस महिना दुईवटा सुपरमुन देखिनेछन्। सुपरमुन बाँकी पूर्णिमाको तुलनामा करिब ८ प्रतिशत ठूला देखिन्छन्।

पूर्णिमादेखि नयाँ औँसीसम्म चन्द्रमाको घट्ने र बढ्ने आठ चरणहरू छन्, जुन हरेक २९.५ दिनमा दोहोरिन्छन्। चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्छ र सूर्यको प्रकाश चन्द्रमाको पछाडिपट्टि पर्दा त्यो देखिँदैन। यस घटनालाई अमावस्या (औँसी) वा नयाँ चन्द्रमा भनिन्छ। अर्कोतर्फ, जब पूरा चन्द्रमा चम्किरहेको देखिने गरी प्रकाश पर्दा त्यसलाई पूर्णिमा भनिन्छ।

अर्थस्काई वेबसाइटका अनुसार यस वर्ष चन्द्रमा पृथ्वीको नजिक हुने र पूर्णिमा पनि हुने चारवटा अवसर हुनेछन्। यी मध्ये पहिलो असार १७–१८ मा अवलोकन गरिएको थियो। दोस्रो मौका आज आएको छ। सुपरमुन हेर्ने तेस्रो मौका भदौ १३–१४ मा हुनेछ। र अन्तिम सुपरमुन असोज ११–१२ मा देखिनेछ।

किन हुन्छ सुपरमुन ?

सुपरमुन शब्द सन् १९७९ मा खगोलविद् रिचर्ड नोलले राखेका थिए । यो शब्द पूर्णिमाको समयमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक रहेको विन्दुलाई जनाउन प्रयोग गरिएको हो।

तर चन्द्रमा कसरी टाढा वा नजिक हुन सक्छ ? वास्तवमा चन्द्रमा हाम्रो पृथ्वीको वरिपरि घुम्छ, तर यो पूर्णतया गोलाकार नभई अण्डाकार रहेको छ । यस कारणले गर्दा चन्द्रमा र पृथ्वी बीचको दूरी निरन्तर परिवर्तन भइरहेको छ। आज चन्द्रमा पृथ्वीबाट ३५७,५३० किलोमिटर टाढा हुनेछ । पृथ्वीबाट चन्द्रमाको दूरी ३.६ लाख किलोमिटरदेखि ४ लाख किलोमिटरसम्म फरक हुन्छ।

चन्द्रग्रहण कहिले लाग्छ ?

चन्द्रमाले पृथ्वीमा समुद्रमा छालहरू कम गर्न वा बढाउन सक्छ। नासाका अनुसार सुपरमुनको समयमा समुद्री छालको तीव्रता बढ्न सक्छ।

यद्यपि, चन्द्रमासँग सम्बन्धित खगोलीय घटना भनेको चन्द्रग्रहण हो। सन् २०२३ मा २ वटा चन्द्रग्रहण छन् । पहिलो चन्द्रग्रहण वैशाख २२ गते परेको थियो । नासाका अनुसार अर्को चन्द्रग्रहण कात्तिक ११ गते देखिनेछ । यो युरोप, अफ्रिका, एशिया र अष्ट्रेलियामा देख्न सकिन्छ।