९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सुपरमुन देखिँदै



अ+ अ-

वासिङ्टन । अगस्ट १ अर्थात आज तपाईंले आकाशमा धेरै ठूलो चन्द्रमा देख्नुहुनेछ। यो देखेर अचम्म नमान्नुहोस् किनभने यो सुपरमुन हुनेछ। यसमा, चन्द्रमा सामान्यतया ठूलो र उज्यालो देखिन्छ। जब चन्द्रमा पृथ्वीको परिक्रमा गर्दा धेरै नजिक आउँछ तब सुपरमुन हुन्छ र यस समयमा पूर्णिमा पनि हुन्छ। तर अगस्ट सुपरमुनका हिसाबले निकै विशेष छ, किनकि यस महिना दुईवटा सुपरमुन देखिनेछन्। सुपरमुन बाँकी पूर्णिमाको तुलनामा करिब ८ प्रतिशत ठूला देखिन्छन्।

पूर्णिमादेखि नयाँ औँसीसम्म चन्द्रमाको घट्ने र बढ्ने आठ चरणहरू छन्, जुन हरेक २९.५ दिनमा दोहोरिन्छन्। चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्छ र सूर्यको प्रकाश चन्द्रमाको पछाडिपट्टि पर्दा त्यो देखिँदैन। यस घटनालाई अमावस्या (औँसी) वा नयाँ चन्द्रमा भनिन्छ। अर्कोतर्फ, जब पूरा चन्द्रमा चम्किरहेको देखिने गरी प्रकाश पर्दा त्यसलाई पूर्णिमा भनिन्छ।

अर्थस्काई वेबसाइटका अनुसार यस वर्ष चन्द्रमा पृथ्वीको नजिक हुने र पूर्णिमा पनि हुने चारवटा अवसर हुनेछन्। यी मध्ये पहिलो असार १७–१८ मा अवलोकन गरिएको थियो। दोस्रो मौका आज आएको छ। सुपरमुन हेर्ने तेस्रो मौका भदौ १३–१४ मा हुनेछ। र अन्तिम सुपरमुन असोज ११–१२ मा देखिनेछ।

किन हुन्छ सुपरमुन ?

सुपरमुन शब्द सन् १९७९ मा खगोलविद् रिचर्ड नोलले राखेका थिए । यो शब्द पूर्णिमाको समयमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक रहेको विन्दुलाई जनाउन प्रयोग गरिएको हो।

तर चन्द्रमा कसरी टाढा वा नजिक हुन सक्छ ? वास्तवमा चन्द्रमा हाम्रो पृथ्वीको वरिपरि घुम्छ, तर यो पूर्णतया गोलाकार नभई अण्डाकार रहेको छ । यस कारणले गर्दा चन्द्रमा र पृथ्वी बीचको दूरी निरन्तर परिवर्तन भइरहेको छ। आज चन्द्रमा पृथ्वीबाट ३५७,५३० किलोमिटर टाढा हुनेछ । पृथ्वीबाट चन्द्रमाको दूरी ३.६ लाख किलोमिटरदेखि ४ लाख किलोमिटरसम्म फरक हुन्छ।

चन्द्रग्रहण कहिले लाग्छ ?

चन्द्रमाले पृथ्वीमा समुद्रमा छालहरू कम गर्न वा बढाउन सक्छ। नासाका अनुसार सुपरमुनको समयमा समुद्री छालको तीव्रता बढ्न सक्छ।

यद्यपि, चन्द्रमासँग सम्बन्धित खगोलीय घटना भनेको चन्द्रग्रहण हो। सन् २०२३ मा २ वटा चन्द्रग्रहण छन् । पहिलो चन्द्रग्रहण वैशाख २२ गते परेको थियो । नासाका अनुसार अर्को चन्द्रग्रहण कात्तिक ११ गते देखिनेछ । यो युरोप, अफ्रिका, एशिया र अष्ट्रेलियामा देख्न सकिन्छ।