२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रात परेपछि पानीको रंग फेर्ने ताल



अ+ अ-

एजेन्सी । यस पृथ्वीमा यस्ता धेरै रहस्यमय र अनौठो ठाउँहरू छन्, जहाँ प्राकृतिक दृश्य र प्रकृतिका विभिन्न रूपहरूले हामीलाई चकित पार्छन् । यद्यपि धेरैलाई उनीहरूको बारेमा धेरै थाहा छैन, जबकि केही मानिसहरू यसको बारेमा जान्न मन पराउँछन् ।

यसैबीच, आज हामी एउटा यस्तो रहस्यमय तालको बारेमा चर्चा गरौं जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । वास्तवमा यो ताल अरु ताल भन्दा फरक छ किनकी यस तालको पानी राति अचानक नीलो हुन्छ । यसको पानी फिरोजा ढुङ्गा जस्तै चम्किलो देखिन्छ । यही कारणले गर्दा यो ताल विश्वभर प्रसिद्ध छ । वैज्ञानिकहरूले यसको पछाडिको कारणबारे धेरै दाबी गरेका छन् तर आज पनि यसको रहस्य पत्ता लाग्न सकेको छैन ।

यो रहस्यमय ताल इन्डोनेसियामा छ, जसलाई कावाह इजेन ताल भनिन्छ । यो तालको पानी कुनै पनि साधारण तालको तुलनामा सबैभन्दा अम्लीय ९नवण० छ । साथै, यसको तापमान लगभग २०० डिग्री सेल्सियस सम्म रहन्छ । अचम्मको कुरा यो छ कि यसको पानी दिनमा सामान्य रहन्छ, तर रातमा तालको रंग नीलो हुन्छ ।

मध्यरातमा यो ताल निलो रंगको ढुङ्गा जस्तै चम्कन थाल्छ । यहाँको तापक्रम उच्च भएका कारण यहाँ पर्यटक जान पाउँदैनन् । वैज्ञानिकहरूका लागि पनि यहाँ लामो समय बस्न सम्भव छैन ।

यस तालको रहस्य पत्ता लगाउन वैज्ञानिकहरूले दशकौंदेखि अनुसन्धान गरिरहेका छन् तर अहिलेसम्म कुनै ठोस कारण भने खुल्न सकेको छैन । यस तालको वरिपरि धेरै ज्वालामुखी रहेको भनिन्छ, जसको विष्फोटले भूकम्प जान्छ ।

यी ज्वालामुखी विस्फोटहरूले हाइड्रोजन क्लोराइड र सल्फ्यूरिक डाइअक्साइड जस्ता ग्यासहरू छोड्छन् । यस्तो अवस्थामा यी ग्यासहरूको प्रतिक्रियाका कारण तालको पानीको रंग नीलो हुने सम्भावना हुन्छ । तर यसपछि पनि प्रश्न उठ्छ कि यदि ग्यास निस्कन्छ भने रातमा मात्रै किन पानीको रंग परिवर्तन हुन्छ ?