१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन पत्र



अ+ अ-

काठमाडौं । विवादित बनेका झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजीर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र काटेको छ ।

गत शनिबार सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले आज निरौलालाई मन्त्रालयमा हाजिर हुन पत्र काटेको हो ।

मन्त्रालयले सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ ।

दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।