२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेदीखोला गाउँपालिकामा अनलाइनबाट नतिजा प्रकाशन



अ+ अ-

स्याङ्जा । फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत विद्यालयको नतिजा प्रकाशन गरेको छ । गाउँपालिकाले आज कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।

नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षालाई प्रविधीमैत्री बनाउँदै लगिएको र मार्कसिटसहित विद्यार्थीको नतिजालाई पालिकाको वेभसाइटमा हेर्न सकिने बताउनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले परीक्षमा २ सय ३० जना विद्यार्थी सहभागी भएको र सबै विद्यार्थी उत्तिर्ण भएको जानकारी दिनुभयो । गाउँपालिकाले गत वैशाख १६ गते देखि २० गते सम्म परीक्षा सञ्चालन गरेको थियो ।

अन्य कक्षा १ देखि ९ सम्मको नतिजा भने विद्यलयले नै प्रकाशित गरेका छन् । कोरोना महामारीका कारण धेरै पालिका र विद्यालयहरु अन्योलमा रहेकै अवस्थामा फेदीखोला गाउँपालिकाले विद्यार्थीको नतिजा प्रकाशन गरेको हो ।