२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियमिततामा संलग्न सबै दोषीलाई कारबाही हुन्छ: मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले काम गरेकै कारण सुन तस्करहरु पक्राउ परेको भन्दै सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही हुने बताउनु भयो । उहाँले दोषी अनुसन्धानको घेरामा आउने भन्दै तिब्र गतिमा अनुसन्धान अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले काम नगरेको भए त पक्राउ नै पर्ने थिएनन् नि । दोषीहरुलाई कारबाही हुन्छ । अनुसन्धान तिब्र गतिमा अघि बढ्छ । जो दोषी हुन्छ, अनुसन्धानको लागि लगिहाल्छ ।’

मन्त्री गुरुङले सरकारले काम गरेकै कारण दोषीहरु धमाधम पक्राउ परेको उल्लेख गर्नुभयो ।