२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारी नियन्त्रणमा जर्मनीको सहयोगमा निरन्तरता : राजदूत



अ+ अ-

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले कोरोना महामारी नियन्त्रणका लागि जर्मनी र युरोपेली संघले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको छ । 

एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनेली दूतावास र गोथे जेन्ट्रम काठमाडौँसँगको सहकार्यमा आज भर्चुअलरुपमा आयोजित अन्तरसञ्जाल सम्मेलनमा उहाँले  भन्नुभयो, ‘‘म भविष्यमा नेपालमा सीपयुक्त इन्जिनीयरहरू देख्न इच्छुक छु । अन्तर्राष्ट्रिय अवसरका लागि हामी विद्यार्थीलाई जर्मनीका प्रतिस्पर्धी इन्जिनीयरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न उत्प्रेरित गर्नेछौँ ।’’ 

गोथे जेन्ट्रम काठमाडौँका निर्देशक सेबस्टेन वैस्टेकले गोथे नेतृत्वदायी भाषा केन्द्र रहेको र विश्वका दुई सयभन्दा बढी संस्था रहेको सञ्जालको पनि यो एउटा हिस्सा रहेको बताउनुभयो । गोथे जेन्ट्रम काठमाडौँका भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन र संस्थाका परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले जर्मनीको संस्कृति, इतिहास, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, पृथक सभ्यता तथा त्यहाँको समृद्ध भाषाका बारेमा प्रस्तुति दिनुभएको थियो । 

एड्भान्स्ड कलेज आफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले जर्मन भाषाको महत्त्वबारे उल्लेख गर्दै यस किसिमका सम्मेलनले इच्छुक विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाई लाभान्वित गराउने बताउनुभयो । 

जर्मनीको म्युनिचस्थित टेक्निकल विश्वविद्यालयबाट इन्जिनीयरिङ विषयमा स्नातकोत्तर पूरा गरेका सोजन प्रजापतिले उक्त सम्मेलनको सहजीकरण गर्नुभएको थियो । 

एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिल रेग्मीले विश्वस्तरका शिक्षा, कला र विपद् व्यवस्थापनबारे यस प्रकारको अनुभव आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिने जनाउनुभयो ।