२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सस्पेन्स थ्रिलर’ कथामा आधारित ‘अदृश्य’ प्रदर्शन हुँदै



अ+ अ-

काठमाडौँ । आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचितत्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंहले चलचित्रको विषयमा जानकारी गराउनुभयो ।

अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।”

यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताउनुभयो । “हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । हामीले छायाङ्कनको समयमा ‘ए’ नाम राखेका थियौँ, पछि ‘अदृश्य’ बनाएका हौँ”, उहाँले भन्नुभयो ।

चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतले समेत अभिनय गर्नुभएको छ ।

यसमा राकेश रनपालले कथा लेखन, आकाश उखेडाले पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुले छायाङ्कन, विशाल पौडेलले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन, मुकेश शाहले पाश्र्व सङ्गीत सिर्जना, निशान घिमिरेले रङ्ग संयोजन गर्नुभएको छ ।