२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ ।

नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार सात सय ३७ कित्ता शेयर ४० हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८५ करोड ८० लाख दुइ हजार एक सय ७५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

जलविद्युत् समूह आठ दशमलव ५७, लघुवित्त समूह चार दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् । बैंकिङ समूह नौ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन तीन दशमलव ७६ र लगानी समूह शून्य दशमलव १० अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा समूह दूइ दशमलव ४८, निर्जीवन बीमा समूह चार दशमलव ६१ र अन्य समूह शून्य दशमलव ०८ अंकले बढेको छ ।

आजको कारोबार पछि सनराइज ब्लुचिप फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विइन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ३१ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रू आठ करोड ८ लाख ८६ हजार छ सय पाँच बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषको एक लाख ९० हजार पाँच सय २५ कित्ता शेयर किनबेच भएको छ । रासस




भर्खरै