२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिङ्गीको विवाह गर्न पाउने हक कुण्ठित गरिदिनु आपत्तिजनक छ: सुनिलबाबु पन्त



अ+ अ-

काठमाडौँ । संविधानसभा सदस्य सुनिलबाबु पन्तले सर्वोच्चको अन्तरिम आदेश विपरीत समलिङ्गी विवाहलाई मान्यता दिन काठमाडौँ जिल्ला अदालतले इन्कार गरेको बताउनुभएको छ ।

सर्वोच्च अदालतले गत असार १२ गते विवाह दर्ता गर्न दिएको आदेश काठमाडौँ जिल्ला अदालतले इन्कार गरेपछि माया र सुरेन्द्र एक महिनादेखि अदालत धाइरहनु परेको उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै बताउनुभएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले असार १२ गते गरेको अन्तरिम आदेशअनुसार रिट निवेदकमध्येकै रामबहादुर (माया) गुरुङ र सुरेन्द्र पाण्डे ६ वर्षअघि भएको सांस्कृतिक विवाह दर्ता गर्न सर्वोच्चको आदेशसहितका आवश्यक कागजात बोकेर काठमाडौँ जिल्ला अदालत पुगे पनि उनीहरुको विवाह दर्ता गर्न जिल्ला अदालतले नमानेको विज्ञप्तिमा उल्लेख छ ।

संविधानसभा सदस्य पन्तका अनुसार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले आदेशमा विवाह दर्ता भनेकाले स्थानीय पञ्जिकाधिकारीकोमा जानु पर्ने आदेश दिएको छ । “अदालतमा ‘दर्ता विवाह’ हुने भएकाले ‘विवाह दर्ता’ नहुने मैनालीले आदेश दिए । त्यसमा पनि पुरुष र महिलाको विवाह दर्ता हुने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै माया र सुरेन्द्रको विवाह दर्ता गरिदिएनन्”, उहाँले भन्नुभयो ।

असार २९ गते नै जिल्ला अदालतको आदेश बदर हुनुपर्ने निवेदनसहित उच्च अदालत पाटन पुगेका माया र सुरेन्द्रले विवाह दर्ता गर्न पाएका छैनन्। “उच्च अदालतमा साउन ४ गते एकल इजलासमा निवेदनमाथि सुनुवाइ हुँदै कैफियत प्रतिवेदन मगाउने आदेश भयो । एक सातासम्म कैफियत प्रतिवेदन मगाउने आदेशको पत्र जिल्ला अदालतमा पुगेन । कैफियत प्रतिवेदन मगाउने आदेश होइन रहेछ भन्दै मिसिल मगाउने पत्र साउन ५ गते पठाइयो । गत बिहीबार साउन ११ गते पेशीमा चढ्यो र न्यायाधीश सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले मिसिल ओल्टायो, पल्टायो मात्रै । कैफियत प्रतिवेदन नै मगाउनु पर्ने आदेश दिनु पर्ने भनेर एकल इजलासमै जानु पर्ने भनेर फाइल फर्काइदियो”, पन्तले भन्नुभयो ।

उहाँले सर्वोच्च अदालतले विवाह गर्न अन्तरिम आदेश जारी गर्ने र मातहतका अदालतले कार्यान्वयन नगर्ने अवस्थाले विवाह गर्ने जोडी एक महिनादेखि भौँतारिनु परेको बताउनुभयो ।

“अब यसरी काठमाडौँ जिल्ला अदालतले शब्दमा खेलेर सर्वोच्च अदालतको आदेश नमान्ने, उच्च अदालत र जिल्ला अदालतको बीचमा मिसिल र पत्रको मात्रै आदान प्रदान भइराख्ने, झिना मसिना प्राविधिक शब्द र प्रक्रियामा मुद्दालाई अड्काइराख्ने, निर्णय नलिने, अनन्तकालसम्म झुलाइराख्ने, न्यायप्रणालीले न्याय दिनु साटो न्याय प्रणालीको प्रक्रियागत कारबाहीमा यस्ता जानीजानी गर्न मिल्ने जालझेलले माया र सुरेन्द्रले विवाह दर्ता गराउने प्रक्रियाबाट नै अन्याय भोगिरहेका छन् । चुस्त दुरुस्त न्यायप्रणालीद्धारा समयमै न्यायको प्रत्याभूति गराउनु पर्नेमा प्राविधिक शब्द र प्रक्रियामा खेलेर यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह गर्न पाउने हक कुण्ठित गरिदिनु आपत्तिजनक छ, खेदपूर्ण छ । ”

संविधानसभा सदस्य पन्तले अविलम्ब माया र सुरेन्द्रको जोडीलगायत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका विवाह गर्न चाहने अन्य जोडीले पनि सर्वोच्चको अन्तरिम आदेशअनुसार, इन्तुपरन्तु केही नभनी विवाह दर्ता गर्नरगराउन पाउने व्यवस्थाको सुनिश्चित होस् भनी माग गर्नुभएको छ ।