२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधा सम्पन्न जीवनयापन छाडेर देश निर्माणमा दिनरात दौडिएका छौं: रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थको लागि राजनीतिमा नआएको बताएका छन् ।

रास्वपा सुदूरपश्चिम-काठमाडौं भेलामा बोल्दै सभापति लामिछानेले आफूहरु प्रतिबद्ध भएर देश निर्माणको अभियानमा लागिरहेको बताए ।

आफूहरु व्यक्तिगत स्वार्थको लागि सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा आएको नभई चर्को आलोचना र गालीगलोजका बीचमा पनि देश निर्माणमा दिनरात दौडिरहेको उनको भनाई छ ।

‘मलगायत हाम्रा पार्टीका अधिकांश नेताहरु अन्त्यन्त सुविधा सम्पन्न जीवनयापन गरिरहेकै हुनुहुन्छ । ती सबै सुविधालाई छाडेर हामी असिनपसिन, धूलोमैलो, हिलोमाटो, झरीहुरी केही नभनी दिनरात दौडिएका छौं ।, उनले भने,व्यक्तिगत स्वार्थ र लाभको लागि भए यति धेरै गर्नुपर्ने नै थिएन । यत्रो आलोचना र गालीगलोजका बीचमा पनि हामी प्रतिबद्ध भएर कम्मर कसेर निस्किएका छौं ।’

अध्यक्ष लामिछानेले रास्वपाले आफ्नो नीति कार्यान्वयन गर्न २०८४ सालपछि सरकार बनाउनै पर्ने बताउदै विदेशमा भएकाहरुलाई पनि आगामि निर्वाचनमा भोट हाल्न आउन अनुरोध गरे ।