२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटार भेटवार्ता



फाइल तस्बिर
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार भेटवार्ता भएको छ ।

संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो।मंगलबार ४ बजे परिषद्को बैठक आब्हान गरिएको छ ।आइतबार पनि उहाँहरु बीच भेटवार्ता भएको थियो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते उमेरहदका कारण अवकाश हुदै हुनुहुन्छ । अवकाश हुनुभन्दा एक महिना अगाडि नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भएपनि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदले अहिलेसम्म प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छैन ।

जसका कारण फेरि सर्वोच्च कामूको भरमा चल्ने वातावरण सिर्जना भइरहेको छ ।