२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय कार्यालय भवन भत्काउने महानगरको तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने भएको छ ।

महानगरले भवन खाली गराउन दिएको समयसकिँदा पनि भवन खाली नगराइएको हुँदा सोमबार भत्काउन लागिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । ‘आज सबैलाई उक्त स्थानमा १० बजे भेला हुन बोलाइएको छ । सम्भवत: आज भत्काइन्छ होला’, उनले भने ।

महानगरले शुक्रबार माइकिङ गर्दै राप्रपाको केन्द्रीय कार्यालय खाली गराउन तीन दिनको समय दिएको थियो । कार्यालय नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले भत्काउन लागिएको बताईएको छ ।