४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

०७४ को मतको सदुपयोग गरेको भए ०७९ मा कम्युनिष्ट पार्टीको दुई तिहाइ बढी सिट आउँथ्यो: अध्यक्ष नेपाल

०७४ को मतको सदुपयोग गरेको भए ०७९ मा कम्युनिष्ट पार्टीको दुई तिहाइ बढी सिट आउँथ्यो: अध्यक्ष नेपाल
अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए ०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताउनुभएको छ ।

आईतवार नेकपा(एकीकृत समाजवादी) मनाङ–काठमाडौं सम्पर्क मञ्चको ५ औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताउनु भयो । उहाँले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने बताउनु भयो ।

उहाँले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको बताउनु भयो । कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै उहाँले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका बताउनु भयो । समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘आज नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी सबैतिर फैलिएको पाइन्छ । २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको थियो । त्यसको राम्ररी सदुपयोग गर्न सकेको भए, सरकार राम्ररी चलाएको भए, पार्टी राम्ररी चलाएको भए २०७९ सालको चुनावमा त्योभन्दा बढी सिट हामी पाउने थियौँ । त्योभन्दा बढी मत हामीले प्राप्त गर्ने थियौँ । अहिले संसारमा पनि कम्युनिस्टहरु फैलिइरहेका छन् । वामपन्थी राष्ट्रपतिहरु चुनावमा जितिरहेका छन् ।

ल्याटिन अमेरिकाका झन्डै दशवटा देशहरुमा वामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका छन् । युरोपका देश देशमा, अफ्रिकाका देशहरुमा वामपन्थी पार्टीका प्रभाव फैलिइरहेको छ । त्यस हुनाले नेपाल मात्रै होइन, संसारको अरु देशमा पनि समाजवादको नारा गुन्जिरहेको छ । कम्युनिस्ट पार्टीको नारा फैलिइरहेको छ । त्यस हुनाले हाम्रो यो लडाइँ अन्याय, अत्याचार, असमानता, भेदभावका बिरुद्धमा अनि सबै खालका बेथितिहरुका बिरुद्धमा, न्याय र समानताका निम्ति, सबैको सुख, समृद्धिको निम्ति भएको हुनाले हाम्रो उद्देश्य न्यायोचित छ । पवित्र छ । राम्रो छ ।’

अध्यक्ष नेपालले इमान्दारिताका साथ अगाडी बढेमा कसैसँग तर्सिनुपर्ने आवश्यकता नहुने भन्दै इमान्दारिताका साथमा अगाडी बढ्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।