२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

निगमका जहाजले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने

निगमका जहाजले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ ।

यी भारतीय  अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमले सात र  हिमालय एयरलाइन्सले तीन उडान गर्नेछन् ।  

निगमका  प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीयका हकमा निगमद्वारा उपलब्ध गराइएको टिकटका आधारमा पाँच उडान साउदीको रियाद र दुई दमामका लागि निर्धारण गरेको छ । निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।

निगमले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाउँदै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । कोभिड–१९ को महामारीको असहज अवस्थामा अहिले दैनिक रुपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री र भारत तथा चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अतिआवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता गराउनु निगमका लागि महत्वपूर्ण जिम्मेवारी पनि हो ।

निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार ३३५ खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । मे १५ मा ओमनबाट अक्सिजन सिलिण्डर तथा औषधिजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी नेपाल ल्याइएको थियो ।

चीन र सिङ्गापुरबाट थप स्वास्थ्य सामग्री ल्याइने

निगमले तालुक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा उद्धार, मेडिकल तथा चार्टर्ड उडान गरिरहेको छ । सोही क्रममा निगमले मे २२ तारिखमा सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउने जनाएको छ ।

सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ, परराष्ट्र  र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा कल साइन आरए ४१५३ उडानको जहाजबाट बिहान ८ बजे उडान गर्ने र कलसाइन आरए ४२५४ बाट सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्य सामग्री ल्याउनेछ ।

निगमको व्यावसायिक स्थायित्वका लागि वर्तमान परिप्रेक्ष्यमा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितको टोली सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको निर्देशक श्रेष्ठको भनाइ छ । उहाँका अनुसार निगम चीनको सेनजेनमा यही मे १९ तारिखमा आरए ४२७५ कलसाइनबाट मेडिकल चार्टर्ड उडान गरी आरए ४२७६ कलसाइनको उडानमार्फत सोही दिन फर्किने आन्तरिक तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी  चार जहाज अन्तरराष्ट्रिय उडानका लागि छन् ।