१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा संवैधानिक परिषद्‌को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार नै ओलीलाई छलफलका लागि बोलाउनुभएको थियो । तर, ओली भने आइतबार बालुवाटार जानुभएको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको केही दिनपछि उमेरहदका कारण अवकाशमा जाँदै हुनुहुन्छ । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा १ महिना अगाडिदेखि नै नियुक्ति प्रक्रिया सुरु गरिसक्नुपर्नेमा संवैधानिक परिषद्‌को बैठक नबस्दा त्यसम्बन्धी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।