२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजाब लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बनिन् मोरक्कोकी बेन्जिना



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ अन्तर्ग मोरक्कोले आइतबार दक्षिण कोरियालाई १–० गोलले पराजित गर्यो । विजयी बनेको टोलीको डिफेन्डर नौहाइला बेन्जिनाले सबैको ध्यान केन्द्रित गरिन् । बेन्जिना विश्वकपमा हिजाब लगाउने पहिलो खेलाडी बनेकी हुन् ।

२५ वर्षीया बेन्जिमाले इस्लामिक हेडस्कार्फ लगाएर मैदान उत्रिएकी थिइन् । फिफाले सन् २०१४ मा हिजाब लगाएर विश्वकप खेल्न अनुमति दिएको थियो ।

मोरक्कोले यसै महिला विश्वकपबाट डेब्यु गरेको छ । मोरक्कोमा आफ्नो क्लब फुटबल खेल्ने बेन्जिना सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी समेत हुन् । यसअघि उनी जर्मनीविरुद्धको खेलमा बेन्चमा थिइन् । उक्त खेलमा मोरक्को ६–० गोलले पराजित भएको थियो ।

समूह ‘एच’मा रहेको मोरक्को एक जितसहित ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । एक–एक खेलबाट ३–३ अंक जोडेका जर्मनी र कोलम्बिया क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । कोरिया भने अंकविहिन रहँदै पुछारमा छ ।