१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी अधिकृत पुरीमाथि १ करोडको गैरकानुनी आर्जनको मुद्दा



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीमाथि १ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

आयोगको अनुसन्धानबाट सार्वजनिक सेवा गरेको २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा पुरीको आय र खर्च तुलना गर्दा रु १ करोड ४ लाख ३ हजार ८४१ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नआएको देखिएकाले उनले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति जफत एवं असुल हुनसमेत मागदाबी लिएको उल्लेख गर्नुभएको छ ।




भर्खरै