• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ?

विष्णुको विश्वलाई जवाफ: आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने हैसियत बनाउनुहोस्



काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरी तगडा बन्न सुझाव दिनुभएको छ । नेपाली कांग्रेसका महामन्त्री शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको टिप्पणी गर्नुभएको थियो ।

सो टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै रिमालले ओहोदाअनुरुपको प्रतिक्रिया अलि भएन कि भन्दै शर्माप्रति कटाक्ष गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा महामन्त्री शर्माले कांग्रेसका युवाहरुले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरुमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको प्रतिक्रिया दिनुभएको थियो ।

उहाँले एमालेका युवाहरुलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताउनुभएको थियो ।

शर्माको अभिव्यक्तिप्रति रिमालले लेख्नुभएको छ –

प्रिय विश्वजी,
यो अखबारको हेडिङमा लेखिएकै जस्तो बोल्नुभएको भए ओहोदा अनुरुपको प्रतिक्रिया अलि भएन कि ? 
एमालेका ‘ठिटाहरु’ कुनामा बसुन् कि छेउमा, दुनामा खाउन् कि पातमा, किन फिक्री गर्नुहुन्छ रु काङ्ग्रेसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरी तगडा बनाउनुस् न भै गयो नि १ एमाले कस्तो बनाउने हाम्रै जिम्मामा रहन दिनुस् । काङ्ग्रेसका माहामन्त्री ‘नुन खाएको कुखुरा जस्तो’ भन्ने इमेज हटाउनुस् । एमालेले आफ्ना युवाहरूको ‘पर्फर्मेन्स’ परीक्षण गर्न यहाँलाई ‘जाचकी’ राखेको पनि छैन । एमाले जस्तो बन्ला, कृपया प्रतिस्पर्धाको लागि अलि बढी मिहेनत गर्नुहोला !