• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँ: उद्योगमन्त्री भण्डारी ★   नेपाली काँग्रेस संसदीय दलको बैठक जारी ★   प्याट कमिन्सअघि यी ६ बलरले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए ★   सिमेन्ट उद्योगलाई उद्योगस्थलकै तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापनका लागि ६ महिना म्याद… ★   रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु– तस्बिरहरु ★   कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट ★   वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका ★   पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा ★   योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैनः अध्यक्ष ओली

नेपाल यातायातको सेवा विस्तार भएपछि बालकोट, टिकाथली र इमाडोलवासीलाई राहत



ललितपुर । नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालसम्म संचालन हुन थालेपछि भक्तपुरको बालकोट र ललितपुरको टिकाथली र इमाडोलवासीलाई निकै राहत पुगेको छ ।

कोटेश्वरको बालकुमारी पुलमुनी रहेको नेपाल यातायातको बस विसौनी काठमाण्डौं महानगरपालिकाले हटाएपछि सो समितिले महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्यांकी नजिक मोतिमार्ग जग्गा भाडामा लिएर नयाँ विसौनी बनाएपछि त्यहाँबाट बस सेवा शुरु गरेको हो ।

नयाँ बस विसौनी शुरु गरेपछि भक्तपुरको लोकन्थली, मनोहरा प्लानिंग, कौशलटार र बालकोट तथा ललितपुरको टिकाथली र इमाडोल अनि काठमाण्डौंको जडिबुटी र नरेफाँटका वासिन्दालाई निकै राहत पुगेको छ ।

मोतिमार्गदेखि हनुमन्ते करिडोर तथा मनोहरा करिडोर हुँदै सो बस नरेफाँटको नयाँ पुल, बालकुमारी पुल, कोटेश्वर, बानेश्वर, पुतलीसडक, नक्साल हुँदै टिचिङ्ग अस्पताल, महाराजगञ्ज, सुकेधारा हुँदै ओम अस्पताल नजिक चाबहिलसम्म आउने जाने गर्छ ्र बस हरेक पाँच मिनेटमा छुट्ने गर्छ ।

नेपाल यातायातले नीजि जग्गा भाडामा लिएर टिकाथलीदेखि आफ्नो सेवा विस्तार गरि स्थानीय जनतालाई सेवा दिन शुरु गरेको महालक्ष्मी नपा ५ का वडाअध्यक्ष कपिल केसीले बताए ।