१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

किन विवादित भयो माधव नेपालको मलेसिया भ्रमण ?

किन विवादित भयो माधव नेपालको मलेसिया भ्रमण ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालै गरेको मलेसियाको भ्रमण विवादमा परेको छ । उनी गत हप्ता मलेसिया पुगेका बेला त्यहाँका गृहमन्त्रीसँग भेट गरी केही सहमतिको विषयमा कुरा गरेका थिए ।

उनी हालै इन्डोनेसिया जाने क्रममा जुलाई २५ मा क्वालालम्पुर पुगेर गृहमन्त्री सैफउद्दिन नासुसन इस्माइलसँग भेट गरेका थिए । त्यस क्रममा छलफल भएका बाहिर आएसँगै उनी विवादित बनेका हुन् । त्यस क्रममा उनले नेपालका कामदारहरुका लागि भन्दै विभिन्न आठ बुँदामा सहमति गरिने भनी छलफल गरेका थिए ।

उनको साथमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल थिए । पौडेल नेकपा एकीकृत समाजवादी पार्टीको कोटाबाट राजदूत भएका हुन् । भेटको चाँजोपाँजो उनले मिलाएपछि माधव नेपाललाई मलेसिया भ्रमणको निम्तो पठाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलबिना पूर्वप्रधानमन्त्री नेपालले नेपाल र मलेसियाको श्रम सम्झौताविपरीत विविध विषय प्रस्ताव गरेको ‘नोट’ सार्वजनिक भएको हो । उनले छलफलका क्रममा प्रयोग गरिएको भनी मलेसियास्थित नेपाली दूताबासबाट सार्वजनिक गरिएको नोटप्रति श्रम मन्त्रालयले समेत आपत्ति जनाएको छ ।

त्यस क्रममा ‘मलेसियालाई आवश्यक गुणस्तरीय श्रमिक उत्पादन गर्न नेपालमा आधिकारिक तालिम केन्द्र स्थापना गर्नुपर्ने, सुरक्षा जाँच, मेडिकल परीक्षण र भिसा शुल्क हटाउनुपर्ने, सरकारी संयन्त्रमार्फत नै सुरक्षा गार्ड भर्ना हुनुपर्ने’ विषयमा छलफल भएको थियो । श्रमिकलाई मलेसिया छाड्न आवश्यक पर्ने ‘चेक आउट मेमो’ हटाउनुपर्ने, अध्यागमन कानुन उल्लंघन गरेर बसेका नेपालीको घर फिर्ती प्रक्रियालाई सहजीकरण गर्नुपर्ने विषयमा उनले जोड दिएका थिए ।

यस प्रयोजनका लागि पूर्वप्रधानमन्त्री नेपालले मलेसिया सरकारलाई नै तालिम केन्द्र स्थापनाका लागि प्रस्ताव गरेको खुलेको छ । यसका पछाडि निश्चित व्यवसायीको सिन्डिकेट हुनसक्ने भन्दै नेपालको वैदेशिक रोजगार व्यवसायी संघले पनि विरोध गरेको छ ।

यसप्रति हिजोमात्र संघले एक विज्ञप्ति प्रकाशन गरेर नेपालमा मलेसियाको कम्पनी खडा गरी अनिवार्य तालिम लिएर मात्रै जान पाउने गरी नेपाली दूतावासले त्यहाँको गृह मन्त्रालयलाई प्रस्ताव गरेको विषय गम्भीर र कूटनैतिक मर्यादाविपरीत भएको बताएको छ ।

मलेसियामा श्रमिक पठाउनका लागि यहाँका केही सीमित व्यवसायीले त्यो तालिम केन्द्र खोल्ने र त्यसैमार्फत् मात्र कामदार लिन त्यहाँको गृह मन्त्रालयलाई लबिइङ समाचार यस अघि नै आएको थियो । त्यसैले यहाँका व्यवसायीले स्वच्छपूर्ण प्रतिस्पर्धाको माध्यमबाट व्यवसाय गर्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।