• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

सुन तस्करीका आरोपित अडुकियाको कता छ कनेक्सन ?



काठमाडौँ । पछिल्लो समय एक क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका थप संकास्पद गतिविधिहरु सार्वजनिक भएका छन् ।

आज सार्वजनिक एक समाचार अनुसार उनी पछिल्ला नौ महिनामा कम्तीमा पनि १४ पटकसम्म नेपाल र हङकङ आवतजावत गरेका छन् ।

नेपाल सरकारको अध्यागमन विभागको रेकर्ड अनुसार उनी गएको नौ महिनामा १४ पटक सम्म नेपाल हङकङ ओहोरदोहोर गरेका छन् र त्यस क्रममा उनले भारतीय पासपोर्ट प्रयोग गरेका छन् ।

उनी नेपाली नागरिक हुन तर भारतीय राहदानीबाट विदेश यात्रा गर्ने गरेका पाइएको छ । यो उनको यात्राको सबै तथ्य बाहिर आएको त छैन तर पनि उनको यो पटक–पटकको यात्रा सुन तस्करीसँग जोडिएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गत असार २९ गते स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर हङकङबाट करिब एक क्विन्टल सुन काठमाडौँ भित्र्याएको खबर सार्वजनिक भएसँगै उनी बेपत्ता भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको भए पनि उनी यही साउन २ गते नै नेपाल बाहिर पुगेको पाइएको हो । ‘सम्पर्कविहीन’ अडुकिया सुन तस्करीको सञ्जालमा रहेको आशंकामा राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धान थालेको छ ।

यही अनुसन्धानका क्रममा उनी २०७९ असोजदेखि २०८० असारसम्ममा त्रिभुवन विमानस्थलबाट १४ पटकसम्म हङकङ पुगेको खुलेको हो । उनी यदि सही कामले अर्थात् आफ्नो निजी व्यापारिक कामले यो यात्रा गरेको भए नेपाली राहदानी किन प्रयोग गरेनन् भनेर प्रहरीले थप खोजी थालेको हो ।

यो अनुसन्धानबाट उनको कांग्रेससँगको कनेक्सन पनि खुल्ने देखिएको छ । अनुसन्धानमा सहभागी एकजना अधिकारीले उनी नेपाली नागरिककै हैसियतमा विगतमा बैंक/वित्तीय संस्था, सेयर कारोबार, अरू व्यापार–व्यवसायमा आबद्ध थिए । कांग्रेस सत्तामा रहेका बेला उनलाई सरकारले विभिन्न काम तथा व्यावसाय दिएको पनि खुलेको छ ।

उनले नै विपी कोइरालाद्धारा लिखित तीन घुम्ती उपन्यासको चलचित्र निर्माणमा पनि गरेका थिए । विपी कोइरालाको सो उपन्यासलाई फिल्म बनाउन उनलाई अनुमति दिएको थियो ।

यो संयोग हो या कांग्रेसमा उनको कनेक्सन नै हो ? अर्थात् नेपालमा हुने यस प्रकारका संगठित तस्करीमा कुनै पनि नेता या पार्टीकै कनेक्सन हुने भएकाले उनको कनेक्सनले को सँग छ? प्रहरीले सुनमा उनको कनेक्सन भए नभएको खोजी सँगै अरु कोणबाट पनि कोसँग उनको कनेक्सन छ भन्ने पनि खोजी भइरहेको छ ।