१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सद्भाव छर्दै मुहर्रम: हुसैनको त्याग र बलिदानको सम्झना

सद्भाव छर्दै मुहर्रम: हुसैनको त्याग र बलिदानको सम्झना
अ अ+ अ-

लुम्बिनी । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ ।

मुहर्रमको बढी महत्त्वपूर्ण दिन ‘आशूरा’ हो, जो मुहर्रमको दशौँ दिन पर्दछ । विभिन्न मुस्लिम समुदायका लागि यसको धार्मिक महत्त्व अलग–अलग हुनसक्छ । अधिकांश मुस्लिम समुदाय आशूरालाई अत्यन्त महत्त्वका साथ मान्ने भएकाले यसलाई विशेषरूपमा मनाउने गरेका छन् ।

भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने जनविश्वास छ । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्तिका साथै बिग्रेको कामसमेत बन्ने गरेको सामाजिक अभियान्ता रामदयाल ठाकुरले बताउनुभयो ।

“हिन्दूहरू समेतले मनाउने भएकाले पछिल्लो समयमा मुहर्रमको रौनकता बढ्दै गएको छ । यो पर्व मान्नेहरूले ताजिया बनाइ ढोल, मजिरा, तासा बजाउँदै झर्रा आदि गीत गाउने चलन छ ।” मधेस मानवअधिकार गृह कपिलवस्तुका उपाध्यक्ष तथा सामाजिक अभियान्ता ठाकुरको भनाइ छ ।

आशूराका दिन ताजिया यात्रा गर्दै मुहर्रमका सहिदहरूको यादमा मातम मनाइन्छ र उहाँहरूलाई श्रद्धाञ्जलि दिइन्छ । यसको अतिरिक्त, सामाजिक तथा धार्मिक कार्यक्रम आयोजित हुन्छ । हिन्दूहरूले पनि यो पर्वलाई निराहार व्रत बसी शोक समारोहका साथ, ताजिया यात्रा गर्दै मनाउने गरेका छन् ।

इस्लामिक क्यालेन्डरअनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’का साथै ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्षको यो महिना पैगम्बर महोमदको नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा हिन्दू र मुस्लिम समुदाय एकसाथ मनाउने गरेका छन् ।

सन् २०२३ मा मुहर्रम २० जुलाईबाट सुरू भएको छ, त्यसैले यो वर्ष २९ जुलाईमा मुहर्रम मनाइँदैछ । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्त्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइँमा सहादत प्राप्त गर्नुभएको थियो ।

मुहर्रम महिनाको पहिलो दश दिन इमाम हुसेनको शोकका रूपमा मनाइन्छ । यसलाई आशूरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशौँ दिन कर्बलाको मैदानमा सहिद हुनुभएकाले उहाँको सहादत र बलिदानीका लागि यो दिनलाई विशेषरूपमा सम्झिने गरिएको छ ।

“हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरुद्धको लडाइँमा उहाँको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद हुनुभएको थियो । उहाँ समानता, न्याय र दयालुताको लागि लड्ने गर्नुहुन्थ्यो”, अब्दुल्ला अलिगले बताउनुभयो ।

तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उहाँले सुनाउनुभयो । अब्दुल्ला अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

को हुनुहुन्थ्यो हजरत इमाम हुसैन ?

हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति हुनुहुन्थ्यो । इमाम हुसैनका वालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो, उहाँ पैगम्बर साहबको ज्वाइँ हुनुहुन्थ्यो । त्यसैगरी इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो ।

हजरत अली धार्मिक तथा सामाजिक मुखिया हुनुहुन्थ्यो । उहाँलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको सहादतपछि मानिसहरू इमाम हसन ९हुसैनका दाजु०लाई खलिफा बनाउने पक्षमा हुनुहुन्थ्यो, तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा हुनुभयो ।

“सन् ६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहनुभयो । उहाँ सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहनुहुन्थ्यो । त्यसैले इन्सानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइँमा सहिद हुनुभयो”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मशूद नेपालीले बताउनुभयो ।

कसरी मनमाइन्छ, मोहर्रम ?

मोहर्रमको दशौँ दिन अर्थात् आशूराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ, जसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको सहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । जबकि ताजिया निकाल्ने परम्परामात्र शिया समुदायमा छ, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् ।

यो वर्ष नेपाल र भारतमा मुहर्रमको सुरुआत २० जुलाईबाट भएको छ । त्यसैले भारतमा आशूरा २९ अगस्तमा मनाइँदैछ । पाकिस्तान र बङ्गलादेशमा पनि आशूरा २९ अगस्त २०२३ मै मनाइँदैछ । जबकि सउदीअरब, ओमान, कतार, इराक, बहरिन, संयुक्त अरब अमिरातसमेत अन्य अरब देशमा मुहर्रम १९ जुलाईबाट प्रारम्भ भएकाले मातमको दिन २८ जुलाईमै मनाइएको छ ।

“हुसैनको त्याग र बलिदानले अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता प्राप्त गरेको छ । यसले अधिकारको मुद्दालाई समाजवादी परिवर्तनमा सहायक बन्ने प्रेरणा पनि प्रदान गरेको छ”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मशूद नेपालीले भन्नुभयो, “यस शोकपूर्ण अध्यायमा हजरत इमाम हुसैनलाई एक दृढ व्यक्तिगतता र न्यायमयी स्वभावका कारणले एक धार्मिक नायक र मानवीय समर्थकको रूपमा चिनिन्छ ।” रासस