४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

तेरे नाममा सलमानले किन टाउको खौरिएका थिए ?

तेरे नाममा सलमानले किन टाउको खौरिएका थिए ?
अ+ अ-

एजेन्सी । ‘तेरे नाम’ सलमान खानको करियरलाई पुनर्जीवित गर्ने फिल्म थियो । यो फिल्मका लागि सलमान खानले टाउको खौरिएका थिए । यद्यपि उनको टाउको खौरिनुको पछाडि एउटा रोचक कथा छ । सलमानले आक्रोशमा कपाल खौराए ।

वास्तवमा सलमान एउटा फिल्मको सुटिङ गरिरहेका थिए । त्यसपछि तेरे नामका निर्माता सुनिल मनचन्द उनीकहाँ आए । उनले फिल्मको कथा सलमानलाई सुनाए, जुन सलमानलाई निकै मन पर्यो । तर, त्यतिन्जेलसम्म सलमानले कपाल मुन्डन गने कि नगर्ने पक्का थिएन ।

एक दिन सलमानलाई ज्वरो आयो । सलमान तेरे नाम भन्दा पहिले जुन फिल्मको सुटिङ गरिरहेका थिए त्यस फिल्मका निर्देशक उनीकहाँ आए । निर्देशकले सलमानलाई सुटिङ जारी राख्न आग्रह गरे । उच्च ज्वरोले सताएको सलमान ती निर्देशकसँग निकै रिसाए । उनी रिसाए र कपाल खौरिए ।

सलमान खानले २०२१ मा रियालिटी शो ‘सारे गामा पा’मा भाग लिएका थिए । यसै क्रममा उनले टाउको खौरिएको कथा सेयर गरेका थिए । एउटा किस्सा सुनाउँदै सलमानले भने, ‘म तेरे नाम अघि अर्को फिल्मको सुटिङ गरिरहेको थिएँ । त्यसपछि मेरो नजिकका साथी सुनिल मनचन्द आए । उनले मलाई तेरे नामको स्क्रिप्ट सुनाए र फिल्मको दोस्रो हाफमा म टाउको मुन्डन गरेको हुनुपर्ने बताए । म अन्योलमा परें किनभने म पहिले नै अर्को फिल्म गर्दै थिएँ । मलाई अझै पनि याद छ कि एक दिन मलाई ज्वरो आएर आत्तिएको थिएँ । निर्देशक मकहाँ आएर मलाई सुटिङ जारी गर्न कर गर्न थाले । म रिसाएर वाशरूम गएँ त्यसपछि पूरै कपाल काटेँ ।’

तेरे नामसँग जोडिएको अर्को रोचक कथा छ । पहिले फिल्मलाई अनुराग कश्यपले निर्देशन गर्न लागेका थिए । तर, उनले सलमानको अगाडि यस्तो माग राखे, जसका कारण उनले रातारात यो प्रोजेक्ट गुमाउनुपर्‍यो ।

अनुराग कश्यपले पुरानो अन्तर्वार्तामा भनेका थिए, ‘फिल्मको कथा यूपीको मथुरा र आगरामा आधारित थियो, त्यसैले म अभिनेतालाई पुरै यूपी अवतारमा देख्न चाहन्थेँ । मैले सलमानलाई आफ्नो कपाल बढाउनुपर्ने बताएको थिएँ । मेरो कुरा सुनेर सलमान पूर्णतया शान्त भए, उनले त्यसबेला मलाई केही भनेनन् । भोलिपल्ट मलाई फिल्मबाट निकालिएको थाहा भयो । मेरो ठाउँमा सतीश कौशिकलाई फिल्मको निर्देशनको जिम्मा दिइएको थियो ।’