• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने ललितपुर महानगरपालिकाका मेयर महर्जनको घोषणा



काठमाडौँ । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गर्नुभएको हो ।

विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहो¥याई, तेहे¥याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताउनु भयो । त्यसैगरी मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । धेरै वर्ष पहिले त्यहाँ रहेको टाईगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उहाँको भनाई थियो ।

मेयर महर्जनले भन्नुभयो, ‘यो विषयबस्तु चाँही कार्यान्वयन नै नगरोस् भन्ने मेरो भनाई रह्यो कि यो जुलाई सूर्यविनायकमा सार्ने भन्ने आज भन्दा ३५/४० वर्ष अघिदेखि कुरा गरिएको थियो । त्यो चाहीँ कार्यान्वयन भएको छैन । नहोस् पनि । यो चाहीँ मैले विशेष अनुरोध गरेँ । हामीले जुलाई ओन गर्न सक्नुपर्दछ भन्ने मेरो भनाई रह्यो । यो भन्दै गर्दाखेरी ललितपुर महानगरपालिकाले यो जुलार्ई ओनरसिप लिने सन्दर्भमा म मेयर भएको पहिलो वर्षको ३÷४ महिनामै होला । त्यहाँ बाहिर ठूल्ठूलो स्वरमा कन्सर्टहरु गर्दथ्र्यो । मध्यरात सम्म पनि गर्दथ्यो । अनि, यहाँ बाघहरुलाई सुत्न त महाभारत नै हुन्थ्यो । तसर्थ मैले त्यो रोकिदिए । त्यो बेलादेखि अहिले चाहीँ बाघ–भालु आनन्दले सुत्छन् । यसमा मेरो दुईवटा कमिटमेन्ट छ ।

एउटा भनेको चाहीँ पहिला जावलाखेल छिर्दाखेरी हाम्रो त्यहाँ भक्तराज राजकर्णिकारको हलुवाई पसलहरु छ । त्यहाँ भन्दा अगाडि दुई वटा गेट थियो । त्यसलाई हामी टाईगर गेट भन्थ्यौं । एकदमै चिटिक्क परेको गेट, त्यसमा माथि दुई वटा टाईगर बसेको । त्यो भत्कियो वा भत्काइयो । त्यसपछि त्यसलाई बनाइएन । यो वर्ष हामी त्यो टाईगर गेट बनाउँदछौं । जसले यो चिडियाघरको रिफलेक्सन गर्छ । अर्को कुरा चाहीँ मैले चाहीँ बोलेपछि गर्नैपर्छ । गर्न पाइएन भने रिस उठ्छ ।

यहाँ चाहीँ ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदाखेरी अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदाखेरी उहाँहरुले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटन बसेको चाँही म व्यवस्थापन गर्न गईरहेको छु । त्यो चाहीँ लगभग १४÷१५ सिटको त्यो चाहीँ घुमी रहन्छ । उसले बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हे¥यो । अर्को ठाउँमा गयो, अर्को हे¥यो । त्यो दोहो¥याई, तेह¥याई हेर्न पाउने गरी बसको व्यवस्थापन म निकट भविष्यमै गर्न गईरहेको छु ।’

कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकोमा सम्मान गरेको थियो ।