• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   विद्यार्थी भिसामा अस्ट्रेलियाको थप कडाइ ★   राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका समकक्षीबीच भेटवार्ता ★   बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै ★   खेलले जाेडेकाे नेपाली मन ★   भारत टी–२० विश्वकपको सुपर ८ मा प्रवेश, १११ रनको लक्ष्य १८.२ ओभरमा पछ्यायो ★   गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन्ः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ★   दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने ★   “डिजिटल रूपान्तरणलाई अँगाल्दै” आइएमई २४ औ वर्षमा प्रवेश ★   ‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटोः रोड टु डेथ’ ★   काठमाडौं महानगरपालिका गर्यो सिंहदरबारभित्रबाट चार बालश्रमिकको उद्धार

कस्ता छन् नेपाली नाटक ? यस्तो छ प्राडा कक्षपतिको विचार



काठमाडौँ । प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो ।

उहाँले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गर्नुभएको छ । विसं २०१६ मा पाल्पाको तानसेनमा जन्मनुभएका उहाँका नेपाली साहित्य, लोकसंस्कृति तथा समालोचनाका विषयमा पुस्तकहरु प्रकाशित छन् ।

प्रस्तुत छ नाटकको अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने समालोचक प्रा डा कक्षपतिसँग नेपाली नाटक विधामा केन्द्रित रहेर राससका समाचारदाता विमलबहादुर विष्टले गर्नुभएको कुराकानीमा आधारित विचार-

नेपाली समाजको चेतनास्तर निर्माण गर्न र वाक स्वतन्त्रतामार्फत प्रजातन्त्र ल्याउन नाटक विधाले गरेको योगदानको हिसाब कसले राख्ने रु यही पृष्ठभूमिको पछिल्लो दृष्टान्त संविधानसभा निर्वाचनलाई नै लिन सकिन्छ । नेपालमा पहिलोपटक विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा बढीभन्दा बढी नागरिकलाई मतदानका लागि तयार पार्ने काम सडक नाटकले नै गरेको हो ।

जनताले पाउने संविधान कस्तो हुनुपर्छ र सबै नागरिक यो महानिर्वाचनमा किन सहभागी हुनुपर्छ भन्ने विषमा प्रस्तुत गरिएको सडक नाटकले नेपालका गाउँ तथा कुना कन्दरासम्म सकारात्मक सन्देश पुर्‍याएको थियो । यसकारण धेरै मत खसेको र सबै नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न मतदान केन्द्रसम्म पुगेका थिए भनेर यसको प्रारम्भिक अनुसन्धानमा संलग्नहरुको प्रतिक्रिया हामीले सुनेका हौँ ।

नेपाली नाट्य क्षेत्रका एक बादशाह अशेष मल्लले लेख्नुभएका नाटक उहाँकै निर्देशनबाट देशव्यापी प्रदर्शन गरिएको थियो । मलाई लाग्छ संसारका अरु देशमा खोज्दा पनि यस्तो उदाहरण सायदै कतै भेटिन्छ होला कि एउटै सन्देशको नाटक एकै समयमा देशका सबै वडा वडामा प्रदर्शन गरिएको थियो । नेपालमा नाट्य क्षेत्रकै इतिहासमा यो एक ऐतिहासिक क्षण हो ।

निर्वाचन आयोगले सर्वनाम, आरोहण र कुसुमलाई नाटकबाट प्रचार गर्न गरेको आग्रहलाई हामीले मान्यौँ र सर्वनामको सहयोगमा यसलाई देशव्यापी बनायौँ । जसका कारण देशव्यापीरुपमा संविधानसभाको आवश्यकता र महत्वको सन्देश पुग्यो ।

यस निर्वाचनमा कसरी चुनाव प्रचार गर्ने, कसरी मतदान गर्ने, मतदान किन गर्ने, संविधान सभापछि कसरी नागरिकको अधिकार स्थापित हुन्छ भन्ने कैयौँ प्रश्नका जवाफ र सकारात्मक सन्देशहरु समेटिएको थियो । मतपत्र बोकेर घरघरमा गएको, मतदान गर्न सिकाएको र कसरी मतदान गर्ने र नागरिकले के पाउँछन् भन्ने जानकारीहरु सडक नटकमा समेटिएकाले नागरिकको व्यापक सहभागिता भयो ।

त्यस समय निर्वाचन आयोगले नै सडक नाटकको महत्वलाई बुझेर यो अनुरोध गरेको थियो र यसको प्रभाव पनि देखियो । त्यो पहिलो संविधानसभाले संविधान लेख्न सकेन र पछि आएर अर्को निर्वाचन पनि गर्नुपर्‍यो । त्यतिबेला भने अशेष मल्लले पुन:नाटक लिएर जान मान्नुभएन । पहिलो संविधानसभामा जनतामा जगाइएका आशाहरु मरिसकेको थियो र र जनतामा राजनीतिक अस्थिरताको निराशा पलाएका खबरहरु सञ्चारमाध्यमले नै सम्प्रेषण गरिरहेका थिए । कुनै पनि देशको सामाजिक रुपान्तरणका अवयवहरु धेरै हुन्छन् र तिनले त्यस देशमा नागरिकका हकअधिकारका क्षेत्रमा आवाज बुलन्द गरेका र गर्न सिकाएका हुन्छन् । नेपालमा पनि जहानियाँ राणा शासनदेखि पञ्चायत हुँदै बहुदलीय व्यवस्था र वर्तमान गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा धेरै राजनीतिक उतारचढाव आए । ती सबै जनताले देखे र भोगे । उनीहरुका आँखै अगाडि धेरै परिवर्तन पनि भए । तर कसरी रु पत्रकारिता, साहित्य, चलचित्र, राजनीतिकर्म आदि क्षेत्र हुन् जसले मुलुकको रुपान्तरणमा भूमिका निर्वाह गरेका छन् र ती सबैभन्दा जीवन्त र प्रभावकारी माध्यम नाटक नै थियो । अहिले पनि नागरिकमा चेतना जागृत गरी देशमा आमूल परिवर्तन ल्याउन नाटकको सहयोग सार्थक हुनसक्छ, अहिले पनि नाटकको प्रभाव विगतकोभन्दा घटेको छैन ।

प्रजातन्त्रका लागि नाटक

विसं २०३६ को जनमत सङ्ग्रह पहिले तत्कालीन राजाले संविधान संशोधन गरे र नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्यो । यो कुरा जनतालाई थाहा त थियो तर बोल्ने कसरी रु राजनीतिक व्यवस्था पञ्चायती अनि राजनीतिह दलमाथि प्रतिबन्ध नै थियो । जनताले आफ्ना भावना र मनको कुरा बोल्ने कसरी रु त्यतिबेला नागरिकसम्म पुग्ने अश्त्र अर्थात् माध्यम थिए नाटक, साहित्य, पत्रकारिता, चलचित्र अनि हास्यब्यङ्ग्य ।

त्यतिबेला पनि नाटकले जनता जगाउने काम गरेको छ । विसं २०३३ मा तुवाँलोले ढाकेको बस्ती भन्ने नाटकले राजधानी काठमाडौँमै तहल्का मच्चाएको थियो । नागरिकले रङ्गमञ्चमा आफ्ना कथा हेर्न खोजेका रहेछन् । किनभने ती कथालाई रङ्गमञ्चमा देखाउँदा आफ्नै जीवनशैली र कथा व्यथा पाएको अनुभूति उनीहरुले गरे । तर एकेडेमीमा दरबारका कुराहरु मात्रै देखाइन्थे, ठूलाबडाका कथाहरु मात्र सुनाइन्थे । मोफसलबाट आए कलाकर्मीहरु । जस्तो दार्जिलिङबाट मनबहादुर मुखिया आए देउराली नाटक लिएर । उता धनकुटाबाट अशेष मल्ल आए समूह लिएर । देउरालीमा हाम्रै गाउँघरमा भएका कथा पनि रङ्गमञ्चमा हेर्न पाइन्छ भनेर आए दर्शक । त्यसबेला त्यो नाटक हेर्न कमलादी मान्दिरमा बिहान ४ बजेदेखि लाइन बसेर टिकट किनेको मलाई सम्झाना छ । तर केन्द्रमा नाटक देखाउने र हेर्ने बढी थिए तर गाउँमा थिएनन् । पछि सडक नाटकको अवधारणाका साथ आएका अशेष मल्लले सडक नाटकबाटै सडक तताएको देखिएको थियो ।

विसं २०३६ को जनमत सङ्ग्रहकै सेरोफेरोमा ‘हामी वसन्त खोजिरहेका छौँ’ सडक नाटक प्रदर्शन भयो । अशेष मल्लको यस नाटकबाट मानिसले मनोरञ्जन लिन सकिन्छ भन्ने दर्शकले बुझे । जनमत सङ्ग्रहमा यतिधेरै मत बहुदलवादीहरुको आउन तथा पञ्चायतले झिनो मतले मात्र जित्नमा यी नाटककै योगदान छ भन्ने मेरो बुझाइ छ । विसं २०३६ को जनमत सङ्ग्रह घोषणा भएपछि सडक कविता क्रान्ति गर्नुपछ भनेर मल्ललगायत अरु पनि अए । यो नाटकमा नागरिकका लागि प्रशस्त मनोरञ्जन थियो अनि जनचेतनामूलक सन्देशहरु पनि ।

यसले नागरिकलाई आफ्ना अधिकारहरु लिनका लागि उनीहरुलाई जागरुक गराउने प्रयत्न गरेको थियो । त्यो सन्देश स्पष्टै बुझिन्थ्यो । त्यस्तै सडक कविता क्रान्तिका अभियानबाट पनि गाउँ गाउँमा पुगिएको थियो । मलाई सम्झना छ एकपटक धुनकुटामा त ‘गो ब्याक अशेष’ भनेर नारा नै लगाएका थिए । यस्तै त्यसबेलाको प्रहरी प्रशासनले कवि कलाकारहरुका पछिपछि गुप्तचर नै लगाएका थिए । मलाई लाग्छ २०४६ को जनआन्दोलनलाई सडक कविताले नै प्रोत्साहन गरेको हो । सडक कविता तथा सडक नाटकका माध्यमबाट नागरिकले आफ्ना अधिकार र प्रजातन्त्रका बारेमा धेरै कुरा बुझे । गाउँमा पुगेको सन्देशले धेरै मानिसलाई नागरिक अधिकार र प्रजातन्त्रका बारेमा बुझ्न सहज पनि बनायो । सडक नाटकहरु पुलिस क्लबमा, बन्द रङ्गमञ्चमा, सडकमा, एकेडेमीमा देखाइयो र सबैले मन पराए । जनमत सङ्ग्रहपछि विसं २०३८ पछि सर्वनाम नाट्य समूह खुल्यो र छोटै समयमा निकै चर्चामा आयो ।

यसरी नेपालमा नेपाली नागरिकको चेतनाको स्तर बृद्धि भएको नाटककै कारणबाट हो भन्ने मलाई लाग्दछ । सडक नाटकले नागरिकस्तरको अधिकार प्राप्तिका लागि ठूलै सहयोग गरेको छ । विसं २०४६ मा नेपाली नागरिक तथा विभिन्न क्षेत्र र वर्गलाई जनआन्दोलनका लागि तयार पार्ने काममा अरु अवयबहरुका साथै नाटकको पनि योगदान छ । त्यतिबेला त नाटक हेर्न नागरिक सडकमा जाने होइन कि नाटक नागरिकमाझ जानुपर्छ भन्ने उदेश्यले सडक नाटक नागरिक माझमा पुग्दा जनता जगाउन सघाएको छ । उबेला हामीले भन्थ्यौँ प्रहरीको बन्दुकभन्दा पनि बलियो सडक नाटक बनेको छ, जसले बन्दुककोभन्दा शक्तिशाली काम गरेको छ । नागरिक बन्दुकको अघि करले बोल्थे या बोल्दैनथे । तर नाटकले जनताको मन जितेको थियो र नागरिक स्वतन्त्रताका लागि भित्रैदेखि तयार पारेको थियो । यति प्रभावकारी विधालाई अहिलेका सरकारहरुले कसरी प्रयोग गर्ने रु यो उनीहरुले नै बुझ्नुपर्ने कुरा हो ।

के हो नाटक?

नाटक जीवन हो । जीवनलाई हेर्ने एउटा जिवन्त ऐना नाटक हो । शब्द कुन प्रयोग गर्छौं, कस्तो खालको शब्दबाट नाटकलाई हामी प्रस्ट्याउने प्रयत्न गर्छौं त्यसमा भर पर्छ, तर नाटक भनेको मानवीय जीवनलाई नै जीवन्तता प्रदान गर्ने एउटा औजार हो भन्छु म । लेखकले समाजलाई जुन सन्देश तथा मनोरञ्जन दिने ध्येयले नाटक लेखेको हुन्छ त्यसलाई जस्ताको जस्तै उतार्न सक्यौँ भनेमात्र त्यसले जीवन्तता दिन्छ । राम्रो अभिनयले पनि नाटकमा त्यसको जीवन भर्दछ । खास त दर्शकले अभिनय नै हेर्ने हो । जसले नाटकको कथा बुझेको पढेको छैन उसले पनि अभिनय हेरेर त्यसैबाट सबै सन्देश ग्रहण गर्ने गर्दछ । त्यसैले नाटकलाई अभिनयले जीवन्तता दिन्छ ।

नाटक दृष्य विधा हो । लेखिन्छ र मञ्चमा जानुपर्छ । मञ्चमा जाने मापन टुलहरु लेखकले दिएको हुन्छ । नाटक र जीवनको यस कोणबाट नाटकहरु विश्लेषण भएका थिएनन् । त्यही हिसाबले मैले पनि मेरो विद्यावारिधिमा रङ्गमञ्च रोजेको हुँ । मेरो अध्ययनले पनि निर्देशकको परिकल्पनामा भरपर्ने कुरा हो भन्ने बुझ्यो ।

मलाई पनि सुरुमा बालकृष्ण समका नाटकको रङ्ग शिल्प के सम्भव छ भन्ने लाग्दथ्यो । बालकृष्ण समका नाटक रङ्गमञ्चीय दृष्टिले असम्भव छैनन् कि अर्थात् मञ्चन योग्य छैनन् कि भन्ने लागेको थियो । उहाँका नाटकको मञ्चनमा मलाई कताकता अपूर्ण पो भयो कि भन्ने लागिरहेको थियो । हामीलाई त्यही दृष्टिले पढाइएको पनि थियो । पछि प्रचण्ड मल्ल र हरिहर शर्माले हामी यहाँ नाटक मञ्चन गरिरहेका छौँ, तर तपाईंले किन यसो भनेको भनी प्रश्न गर्नुभयो । मेरो प्रश्नपछि उहाँहरुले समको कुन चाहिँ नाटक रङ्गमञ्चीय दृष्टिमा असम्भव छ र भनेपछि विस्तारै म पनि ‘कन्भिन्स्’ भएँ । बालकृष्ण समका नाटकमा लामालामा संवाद भएका र लयबद्ध भएका संवादको मञ्चन गाह्रो जस्तो लागेको थियो । त्यसैले मैले मेरो अध्ययन पनि समका नाटकको रङ्गशिल्प शीर्षक छानेको हुँ ।

कस्ता छन् अहिलेका नाटक? 

अहिले पनि देशमा विभिन्न सङ्घसंस्थाको सहयोगमा सडक नाटक प्रस्तुत भइरहेका छन् । पछिल्लो समयमा सडक नाटकमा अहिले कलात्मक सौन्दर्यका नारा बढी तर नाटकीय शिल्प कम गरिएका छन् जस्तो मलाई लाग्छ । अहिले पनि नाटकमा अत्यन्त ऊर्जाशील रङ्गकर्मीहरु आएका छन् । सरकारकातर्फबाट भने खासै सहयोग भएको देखिँदैन । हो, अहिलेका नाटक नाटक जस्तै देखिएका छन् ।

सबैमा आ–आफ्नै रुचि हुन्छन्, तर कलात्मक शैलीमा हाम्रा कुरा, हाम्रो अवस्था, हाम्रो व्यवस्था, हाम्रो संस्कार, हामीलाई चिनाउनुपर्छ । हामी कसरी बाँचेका छौँ, हाम्रो अग्रगामी चिन्तन के छ, त्यो विषयलाई जनतासमक्ष देखाउनु राम्रो हुन्छ । जस्तो कि अहिले त समाजमा विषय धेरै छन् अनि जनतामा पुर्‍याउनुपर्ने काम र सन्देश पनि धेरै छन् । मलका कुरा, बिरुवा रोप्ने कुरा, राजनीति र यसका विकृति एवं परिवर्तनका कुरा, रोगव्याधिका कुरा, नारी अधिकारका कुरा, कुप्रथा हटाउनुपर्ने कुरा आदिका प्रचारप्रसार गर्नु परे सडक नाटकबाट गर्नुपर्‍यो भनेर विभिन्न मन्त्रालयले बजेट विनियोजन नै गर्न सक्छ । यसो हुँदा गाउँगाउँमा भाइ बहिनीहरुले संस्था नै खोलेर सडक नाटककै माध्यमबाट प्रचारप्रसार गर्न सुरु गरिरहेकाले उनीहरुलाई पनि साथमा लिन सकिन्छ ।

हाम्रै नाटक रुचाउँछन् विदेशी  

विदेशमा लैजाँदा नेपाली नाटक विश्व रङ्गमञ्चमा कथाका दृष्टिले सबैभन्दा बढी हाम्रै नाटक रुचाइन्छ । हाम्रा नाटकमा धेरै कथा छन् । अरुका नाटकमा कमेडी बढी छन् । हाम्रा नाटकहरुमा यथार्थ बढी छ जसले नागरिकका जीवनशैली र उनीहरुका वास्तविक भोगाइ छन् ।

जस्तो कि केही समयअघि हामीले बैंलोरमा नेपाली नाटक देखाउँदा त्यहाँ भारतीय मात्र नभएर धेरै विदेशी दर्शक थिए । उनीहरु सिनेमा हेरेभन्दा बढी मानिसको जीवनका वास्तविक भोगाइ नै देखियो भनेर निकै प्रशंसा गरेका थिए । हामीले विदेशमा हाम्रा नाटकहरुको तुलना नै अलग्गै हुन्छ । सबैले नेपाली कथालाई आफ्नै कथामा ढालेर हेर्न र बुझ्न सकिने कला भेर दर्शक भाभुक हुन्छन् । हाम्रा नाटकमा गाउँ र सहर दुवै छ अनि कला र वास्तविकता समेटिएको हुन्छ ।

हाम्रो देशको अद्वितीय कला संस्कृति, भेषभूषा, जातीय भाषिक विविधता र हाम्रो अलौकिक भौगोलिक बनावट पनि हुनसक्छ हाम्रा नाटकले विश्वका दर्शकले आफ्नै कथा मानेर हेर्न सक्ने बताउने गरेका छन् ।

चलचित्र र नाटकमा फरक छ । हुनत नाटकभन्दा बढी मास मिडियामा फिल्म पुग्ला । तर नाटक त्योभन्दा पनि बढी जीवन्त हुन्छ । तुलनाको हिसाबले कुरा गर्दा नाटक जीवन्त हो । फिल्मलाई बनाइएका कथा मानिन्छ तर यसले पनि समाजमा सन्देश त उस्तै नै दिन्छ । तर नाटकबाट मानिसहरु बढी प्रभावित र भावुक हुन्छन् । यसको मापन गर्दा पनि त्यो अवस्था भेटिन्छ । रासस