२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा



अ+ अ-

चितवन । पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ । रासस