२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्नसक्छ: सांसद चौधरी



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले नेपालमा सफल रुपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताउनुभएको छ ।

बिहीवार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा व्यापार गर्न विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो रहेको भन्दै त्यो जटिलतामा बिजनेस गर्नेले विश्वका जुनसुकै देशमा पनि व्यापार गर्नसक्ने बताउनु भयो ।

उहाँले सरकारले नेपालमा नै केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा स्टार्टअप उद्यमको लागि भविष्य राम्रो रहेको भन्दै इनोभेसन नलेज भएका युवाहरुले क्यानडा र अष्टे«लिया जाने मानसिकता परिवर्तन गर्नुपर्ने बताउनु भयो। उहाँले क्यानडा,अष्ट्रिेलिया गएर टेक्नोलोजीको क्षेत्रमा काम गर्ने मानसिकता बनाएका युवाहरु नेपालमा नै बस्ने उत्तम उद्यम भनेको स्टार्टअप भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘युवाहरुलाई उद्यमी बनाउने भन्दै विभिन्न समयमा सरकारले ४ देखि ५ वटा स्टार्ट अफ फण्डको व्यवस्था समेत घोषणा गर्‍यो । कुनै श्रम मन्त्रालय अन्तर्गत,कुनै प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत भयो । एउटा प्लानिङ कमिसनको नाममा ५० करोड रुपैयाँ दियो प्राइमरि इकुटीमा चेक गर्नको लागि भनेर । मलाई जहाँसम्म ज्ञान छ । त्यो कुरा वास्तविक युवा उद्यमीहरुमा प्रयोग भएन ।’

‘कयौं ठाउँमा ल्याप्स नै भए । मेरो अनुरोध सरकारले यस्ता खालका फण्डहरुलाई एकीकृत गरेर त्यसको पूर्णरुपमा इको सिस्टम विल्ड गर्नुपर्छ । पुँजी लिएर बस्दा पनि काम गर्नलाई राम्रो योजना पाउँदैन । त्यत्तिकै बाँड्ने होइन । स्टार्टअप उद्यमशीलताको भविष्य राम्रो छ । नेपालमा केही पनि हुँदैन । बाहिर क्यानडा,अष्ट्रिेलिया जाने युवाहरुको मानसिकता छ । त्यसको उल्टो पाटो भनेको स्टार्टअप उद्यम हो । नेपालमा सफलतापूर्वक विजनेस गर्ने मान्छेले विश्वमा जहाँ पनि गर्नसक्छ । नेपालका विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो छ ।’

उहाँले सरकारले विगतमा घोषणा गरेका स्टार्टअप फण्डहरुलाई एकीकृत गरी इको प्रणालीमा ल्याउनुपर्ने बताउनु भयो। उहाँले विगतमा सरकारले विभिन्न समयमा गरेका स्टार्टअप फण्डहरु त्यत्तिकै खारेज भएको समेत बताउनु भयो। उहाँले सरकारले घोषणा गरेका फण्डहरुलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले स्टार्टअप उद्यमीहरुले काम गर्न पुँजी लगानी गर्दा समेत राम्रो योजनाहरु पाउन नसकेको बताउनु भयो।