• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरीमा दुर्घटना, दुई जनाको मृत्यु



काठमाडौं । चन्द्रागिरी नगरपालिका थानकोटबाट चित्लाङ जाँदै मारुती भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बा १० च ३५४६ नम्बरको भ्यान चन्द्रागिरी-४ पानीघाटनजिक भीरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीमा पाँच जना सवार रहेकोमा चालक २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।