१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरीमा दुर्घटना, दुई जनाको मृत्यु



अ+ अ-

काठमाडौं । चन्द्रागिरी नगरपालिका थानकोटबाट चित्लाङ जाँदै मारुती भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बा १० च ३५४६ नम्बरको भ्यान चन्द्रागिरी-४ पानीघाटनजिक भीरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीमा पाँच जना सवार रहेकोमा चालक २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।