२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीमा तीन खेलाडी थपिए



अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो प्रारम्भिक राष्ट्रिय टोलीमा थप तीन खेलाडी थपेका छन् ।

फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोलीमा बोलाइएको हो । योसँगै प्रारम्भिक टोली ३३ पुगेको छ ।

मुख्य प्रशिक्षक एनेसले एन्फासँग कुरा गर्दै तीन खेलाडी समावेश गर्नुको कारण उनीहरुलाई राष्ट्रिय टोलीमा आवद्ध हुने हौसला र मौका दिएको बताए ।

फिफा विश्वकप २०२६ को प्रारम्भिक राउण्ड १ मा नेपालले लाओससँग खेल्नेछ । होम एण्ड अवे ढाँचा अनुसार नेपालले पहिलो लेग अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा लाओसविरुद्ध खेल्नेछ ।

गोलकिपरः किरण कुमार लिम्बु (आरजी पञ्जाब), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), आशिष गुरुङ (मनाङ मस्र्याङ्दी क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमान्त थापा (जावलाखेल क्लब), अनन्त तामाङ (मस्र्याङ्दी क्लब), एन्जल महर्जन (फ्रेन्ड्स क्लब), छिरिङ लामा (जावलाखेल युथ क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)

मिडफिल्डरः एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्रीस्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मछिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), कृतिश रत्न छुन्जु (एनआरटी), सन्तोष खत्री (फ्रेन्ड्स क्लब), कुशल फुयाँल (फ्रेन्ड्स क्लब)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी एफसी), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी .चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), गिलेस्पे जंग कार्की (त्रिभुवन आर्मी), दिनेश हेन्जन (त्रिभुवन आर्मी), हिसुब थपलिया (जावलाखेल युथ क्लब)