• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वपूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

राष्ट्रिय टोलीमा तीन खेलाडी थपिए



काठमाडौँ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो प्रारम्भिक राष्ट्रिय टोलीमा थप तीन खेलाडी थपेका छन् ।

फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोलीमा बोलाइएको हो । योसँगै प्रारम्भिक टोली ३३ पुगेको छ ।

मुख्य प्रशिक्षक एनेसले एन्फासँग कुरा गर्दै तीन खेलाडी समावेश गर्नुको कारण उनीहरुलाई राष्ट्रिय टोलीमा आवद्ध हुने हौसला र मौका दिएको बताए ।

फिफा विश्वकप २०२६ को प्रारम्भिक राउण्ड १ मा नेपालले लाओससँग खेल्नेछ । होम एण्ड अवे ढाँचा अनुसार नेपालले पहिलो लेग अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा लाओसविरुद्ध खेल्नेछ ।

गोलकिपरः किरण कुमार लिम्बु (आरजी पञ्जाब), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), आशिष गुरुङ (मनाङ मस्र्याङ्दी क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमान्त थापा (जावलाखेल क्लब), अनन्त तामाङ (मस्र्याङ्दी क्लब), एन्जल महर्जन (फ्रेन्ड्स क्लब), छिरिङ लामा (जावलाखेल युथ क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)

मिडफिल्डरः एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्रीस्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मछिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), कृतिश रत्न छुन्जु (एनआरटी), सन्तोष खत्री (फ्रेन्ड्स क्लब), कुशल फुयाँल (फ्रेन्ड्स क्लब)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी एफसी), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी .चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), गिलेस्पे जंग कार्की (त्रिभुवन आर्मी), दिनेश हेन्जन (त्रिभुवन आर्मी), हिसुब थपलिया (जावलाखेल युथ क्लब)