• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

एकैदिन नौ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको छापावाल सुन आज नौ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार उक्त सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले घटि १४ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।