२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्याण्ड र स्कटल्याण्ड टी–२० विश्वकपमा छनोट



अ+ अ-

काठमाडौं । आयरल्याण्ड र स्कटल्याण्डले अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरेका छन् ।

युरोपियन क्षेत्रको छनोटमा बिहीबार आफू अनुकूल नतिजा आएपछि दुवै टोलीले लिग चरणको अन्तिम खेल अगावै विश्वकपमा स्थान बनाएका हुन् ।

बिहीबार जर्मनीविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि आयरल्याण्ड विश्वकपमा छनोट हुने १३औं टिम बन्दा बिहीबारै भएको खेलमा स्कटल्याण्डले डेनमार्कलाई ३३ रनले पराजित गर्दै विश्वकप छनोट हुने १४औं टिम बन्यो ।

७ टिम सहभागी युरोपियन छनोटमा स्कटल्याण्ड शतप्रतिशत जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । अर्को अपराजित टिम आयरल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड र आयरल्याण्डबीच शुक्रबार हुने खेलले युरोपियन छनोटको विजेताको टुङ्गो लाग्नेछ ।

२०२४ मा हुने टी–२० विश्वकपमा कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ५ टिम रहेको चार समूहमा विभाजन गरिनेछ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सिधै छनोट हुँदा गत वर्षको टी–२० विश्वकपमा उत्कृष्ट ८ मा रहेका इंग्ल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्ड्स पनि सिधै छनोट भएका छन् । यस्तै, २०२२ नोभेम्बरको टी–२० वरीयतामा माथि रहेका अफगानिस्तान र बंगलादेशले पनि सोझै विश्वकप खेल्नेछन् ।

बाँकी ८ स्थानका लागि टी–२० विश्वकपमा युरोप, एसिया र अफ्रिकाबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १–१ टिम छनोट हुनेछन् ।

एसिया क्षेत्रको अन्तिम चरणको छनोट आगामी नोभेम्बरको पहिलो सातामा नेपालमा आयोजना हुनेछ ।