४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कोशी प्रदेशमा सरकार निर्माणमा सकसै सकसः सात दिनको समयावधिमा सरकार बन्ने सम्भावना न्यून

कोशी प्रदेशमा सरकार निर्माणमा सकसै सकसः सात दिनको समयावधिमा सरकार बन्ने सम्भावना न्यून
अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई नियुक्त भएको २२ दिनमै पदमुक्त गराएर नयाँ सरकार गठनको लागि सर्वोच्च अदालतले दिएको ७ दिनको समयमा सरकार बन्ने सम्भावना अत्यन्तै न्यून देखिएको छ ।

अदालतले बिहीबार पुनः संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको छ । सर्वोच्चले सभामुखलाई सरकार गठनमा भूमिका खेल्न नपाउने फैसला सुनाएका कारण आगामी दिनमा सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गर्नसक्ने बाटो बन्द भएकोे छ । जसले गर्दा एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनको नेतृत्वमा सरकार बनाएको दलहरूले उपधारा (२)अनुसार सरकार बनाउन आवश्यक बहुमत अर्थात ४७ सांसदको समर्थन ल्याउन सक्ने अवस्था देखिँदैन ।

सत्ता गठबन्धनले वा विपक्षी गठबन्धनको मत ४६–४६ भएको कारण पुनः दुवै गठबन्धनले राप्रपालाई फकाउनुपर्ने बाध्यता अगाडि आएको छ । आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवस्था सिर्जना भए राप्रपा आफूसँगै आउने भन्दै कांग्रेस र माओवादीले यसअघि पनि दाबी गरिरहेका थिए । तर, कांग्रेसले राप्रपालाई मनाउन सकेन ।

एता, संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले आफूलाई मुख्यमन्त्री बनाउन माग गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पनि बहुमत जुटाउने सम्भावना कम छ । दुवै पक्षले ७ दिनभित्र बहुमत पुर्याएर सरकार गठनको लागि दाबी पेस गर्न नै समस्या सिर्जना हुने देखिन्छ ।

एमालेले बहुमत सदस्यको हस्ताक्षर लिएर कोशी प्रदेश सरकार गठनको दाबी गर्न प्रदेश प्रमुखसमक्ष नजाने बताएको छ । रिटको विषयमा फैसला भएपछि एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत रहेर सरकार गठनको दाबी नगर्ने बताउनुभयो ।

उहाँले कोशी प्रदेश सभामा भएको दलहरूको सदस्य संख्याका आधारमा कांग्रेससहितको सत्तारुढ गठबन्धनको बहुमत नपुग्ने र धारा १६८ को उपधारा (३) अन्तर्गत सरकार गठन हुने दाबी गर्नुभयो । सर्वोच्चले १६८(२) अन्तर्गत रहेर सरकार गठनका लागि ७ दिनको समय दिएको छ । सो समयमा सरकार गठन हुन नसक्ने भन्दै एमाले नेतृत्वको सरकार स्वतः बन्ने दाबी गर्नुभयो ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा कांग्रेसको २९ सांसद, नेकपा (माओवादी)को १२, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद तथा सभामुखको छुट्टै १ गरेर ४७ मत संख्या पुर्याएर गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपाल समाचारपत्र