४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यबहाक प्रधानमन्त्री खड्का द्वारा वीरेन्द्र सैनिक अस्पतालको निरिक्षण



अ+ अ-

काठमाडौं । कार्यवहाक प्रधानमन्त्रीमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरिक्षण गर्नु भएको छ ।

कार्यबहाक प्रधानमन्त्री खड्काले अस्पताल निरिक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका बिभिन्न बिभागमा पुगेर जानकारी लिनु भयो । यस्तै सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरुसंग पनि छलफल गर्नु भयो ।

अस्पतालको स्थलगत निरिक्षणमा कार्यबाहक प्रधानमन्त्री खड्कासंगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा सहितका उच्च सैनिक अधिकारीहरु पनि सहभागि हुनु भएको थियो ।

अस्पताल निरिक्षणका क्रममा कार्यबहाक प्रधानमन्त्री खड्काले सिमित श्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषसजन सेवा प्रभाव भइरहेको भन्दै खुसी ब्यक्त गर्नु भयो । उहाँले अस्पतालबाट एकिकृत रुपमा अझबढी गुणस्तरिय सेवा दिन पनि आग्रह गर्नु भयो ।

उहाँलृ अस्पतालमा कार्यरत चिकित्सक, नर्स देखि सबै कर्मचारीहरुले सेवा भावका साथ काम गरिरहनु भएको कुरालाइ सरकारले उच्चसम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मी देखि कर्मचारीको समग्र वृति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहेजति सहयोग गर्न सक्ने अवस्था नभएपनि प्रथमिक्ताका आधारमा अस्पताललाइ अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरिय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी पनि दिनु भयो ।

अस्पतालाबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नितिगत सुधारको काम गर्नु पर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको कार्यबहाक प्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले त्यसका लागि प्रथमिकता निर्धारण गरेर काम गर्नु पर्नेपनि प्रष्ट पार्नु भयो ।