१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कार्यबहाक प्रधानमन्त्री खड्का द्वारा वीरेन्द्र सैनिक अस्पतालको निरिक्षण

कार्यबहाक प्रधानमन्त्री खड्का द्वारा वीरेन्द्र सैनिक अस्पतालको निरिक्षण
अ अ+ अ-

काठमाडौं । कार्यवहाक प्रधानमन्त्रीमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरिक्षण गर्नु भएको छ ।

कार्यबहाक प्रधानमन्त्री खड्काले अस्पताल निरिक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका बिभिन्न बिभागमा पुगेर जानकारी लिनु भयो । यस्तै सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरुसंग पनि छलफल गर्नु भयो ।

अस्पतालको स्थलगत निरिक्षणमा कार्यबाहक प्रधानमन्त्री खड्कासंगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा सहितका उच्च सैनिक अधिकारीहरु पनि सहभागि हुनु भएको थियो ।

अस्पताल निरिक्षणका क्रममा कार्यबहाक प्रधानमन्त्री खड्काले सिमित श्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषसजन सेवा प्रभाव भइरहेको भन्दै खुसी ब्यक्त गर्नु भयो । उहाँले अस्पतालबाट एकिकृत रुपमा अझबढी गुणस्तरिय सेवा दिन पनि आग्रह गर्नु भयो ।

उहाँलृ अस्पतालमा कार्यरत चिकित्सक, नर्स देखि सबै कर्मचारीहरुले सेवा भावका साथ काम गरिरहनु भएको कुरालाइ सरकारले उच्चसम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मी देखि कर्मचारीको समग्र वृति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहेजति सहयोग गर्न सक्ने अवस्था नभएपनि प्रथमिक्ताका आधारमा अस्पताललाइ अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरिय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी पनि दिनु भयो ।

अस्पतालाबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नितिगत सुधारको काम गर्नु पर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको कार्यबहाक प्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले त्यसका लागि प्रथमिकता निर्धारण गरेर काम गर्नु पर्नेपनि प्रष्ट पार्नु भयो ।